बझाङ जिल्ला स्तरिय क्षयरोग कार्यक्रमको कोहर्ट बिश्लेषण तथा समिक्षा गोष्ठि कार्यक्रम सम्पन्न

0
Quantam abroad studies

बझाङ : जिल्ला स्तरिय क्षयरोग कार्यक्रमकाे काेहर्ट विश्लेषण तथा समिक्षा गाेष्ठी सम्पन्न भएको छ ।

स्वास्थ्य कार्यालय बझाङ्ग को आयोजनामा भएको उक्त कार्यक्रममा जिल्लाका १२ वटेै पालिकाले प्रतिनिधित्व गरेका थिय । कार्यक्रममा आव २०७७।७८ मा सञ्चालित क्षयरोग नियन्त्रण कार्यक्रम हरुको समिक्षा भएको स्वास्थ्य कार्यालय बझाङ्ग का क्षयरोग फोकल पर्सन नारायण जोशी ले बताउनु भयो ।

sahani furniture udyog

आ व २०७७।७८ मा नया बिरामि पत्ता लाग्ने दर ६७ प्रतिलाख रहेको र जम्मा १४९ जना क्षयरोगका बिरामि हरुले जिल्लाका बिभिन्न स्वास्थ्य सस्थामा दर्ता भई उपचार लिएको र आ व २०७७।७८ मा बिरामीको उपचार सफलता दर ८९ प्रतिसत रहेको छ बिगत बर्षको तुलनामा यस वर्ष नया बिरामि पत्ता लाग्ने दर १४ प्रतिलाखका दरले बढेको हो । नेपालले सन २०३५ सम्ममा क्षयरोग मुक्त देश घोषणा गर्ने लक्ष लिय पनि समुदायमा क्षयरोगका बिरामि हर धेरै रहेका तर उपचारको दायरा ल्याउन नसक्दा चुनौति थपिएको जोशी बताएका छन ।

समाजमा क्षयरोग र क्षयरोगका बिरामिहरु प्रतिको बिध्यमान धारणा ले गर्दा धेरै नागरिक हरु अहिले पनि रोग लुकाएर बसेको र आगामि दिन हरुका सरोकार वाला सवै ले लुकेर रहेका बिरामि हरु लाई खोज्ने र तिनि हरु लाई उपचारको दायरामा ल्याउने किसिममा कार्यक्रम हरु सञ्चालन गरे मात्र लक्षमा पुग्न सकिने स्वास्थ्य कार्यालय प्रमुख भानुभक्त जोशी ले वताएका छन ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.