बझाङ DCMC काे बैठक सम्पन्न, स्वास्थ्य सामाग्री अनिवार्य प्रयाेग गर्दै सबै विद्यालय सञ्चालन गर्ने

0
Quantam abroad studies

उत्तमकुमार थापा , बझाङ
जिल्लामा DCMC काे कैठक सम्पन्न भएको छ ।

आज जिल्ला प्रशासन कार्यालयकाे सभाहलमा बैठक सम्पन्न भएको हाे । बैठकमा प्रमुख जिल्ला अधिकारीले अहिलेकाे लकडाउन बारे जानकारी गराउदै, स्वास्थ्य कार्यालय बझाङका प्रमुख भानुभक्त जाेशीले जिल्लामा रहेको काेभिड ९० काे अवस्था बारे जानकारी गराएपछि । डिसिएमसी समन्वय समितिकाे बैठक अगाडि बढेको थियाे ।

प्रशासन कार्यालयकाे सभाहलमा सुरु भएको काेभिड राेकथाम बैठकमा पछिल्लो २४ घण्टामा जिल्ला काेभिड विरामी शुन्यमा झरेकाे बताउदै अब प्रत्येक स्थानीय तहमा रहेका जिल्ला भरिका विद्यालयहरु खाेल्ने निर्णय गरिएको छ । विद्यालय सञ्चालन गर्नुपर्ने र माक्र्स अनिवार्य रुपमा प्रयाेग गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी माेहन अधिकारीकाे भनाइ छ ।

sahani furniture udyog

खाेप नलगाएका शिक्षकलाई खाेप लगाउदै, विद्यालय सञ्चालन गर्नुपर्ने निर्णयमा उल्लेख गरिएको हाे । बैठकले ०७८/५/३० सम्म लकडाउन जारी राखेको पाइन्छ । सबैलाई सयम्ता अप्नाउदै अगाडि बढ्न अनुराेध गरिएको हाे । यदि विद्यालय सञ्चालन गर्दा कुनै विद्यालयमा समस्या देखापरे विद्यालय बन्द गर्नुपर्ने र स्वास्थ्य बाट चेकजाँच तिव्र पार्नुपर्ने उल्लेख छ ।

भाेली देखि मापदण्ड कायम राख्दै शैक्षिक सँस्था खुला गर्न निर्णय अाजकाे मुख्य एजेन्डा रहेकाे थियाे ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.