सनशाईन सामाजिक बिकास संस्था द्धारा परियोजना अभिमुखीकरण कार्यक्रम सम्पन्न

0
Quantam abroad studies

कपिलवस्तु , भाद्र १६
सनशाईन सामाजिक बिकस संस्था कपिलवस्तुले मायादेबी गाउँपालिकामा गर्ने परियोजनाहरुको अभिमुखी करण कार्यक्रम आज सम्पन्न गरेको छ ।

मायादेबी गाउँपालिकाका निर्वाचित जनप्रतिनिधीहरु ,पालिकाका प्रमुख प्रशासकिय अधिकृत ,शिक्षा , स्वास्थ्य , कृषि , पशु, तथा सामाजिक बिकास शाखा प्रमुख , यूवा संजालका प्रतिनिधी, सनशाईन संस्था र यूनाईटेड मिसन टु नेपालका प्रतिनिधी तथा संचारकर्मी लगायतको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।

त्यस पालिकाभित्र सनशाईन सामाजिक बिकास संस्थाले दुई बर्ष देखी संचालन गर्दै आएको परिवर्तनकालागि बालबालिलका , यूवा र समुदाय परियोजनाको समिक्षा गर्नुका साथै नयाँ संचालनमा आएका तीन वटा परियोजनाहरुको अभिमुखी करण गर्ने कार्य भएको थियो ।

नयाँ संचालन भएको परियोजनाहरुमा शान्तिकालागि स्थानिय क्षमता परियोजना , कोभिड १९ जिबिको पार्जन परियोजना र स्वाथ्य परियोजना रहेका छन् । यस बर्ष मायादेबी गाउँपालिकाभित्र गरिने यस ४ वटा परियोजना मार्फत समूदायको स्वास्थ्य , शिक्षा , आय आर्जन र शान्ति निर्माणमा करिब ३ करोड ५० लाख रुपैया खर्च गर्ने संस्थाका कार्यकारी निर्देशक कृष्ण कुमार श्रेष्ठले जानकारी दिनुभएको छ ।उक्त परियोजनाहरु यूनाईटेड मिसन टु नेपालको सहकार्यमा संचालन भएको हो ।

sahani furniture udyog

सनशाईन सामाजिक बिकास संस्थाका अध्यक्ष राम सेवक यादवको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी को रुमपा मायादेबी गाउँपालिका अध्यक्ष बजरंगी प्रसाद कुर्मी रहनु भएको थियो भने बिशिष्ठ अतिथीमा पालिका उपाध्यक्ष गीता तिवारी र प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद तिमिलसिना रहनु भएको थियो । कार्यक्रम समापनको क्रममा गाउँपालिका उपाध्यक्षगीता तिवारीले सनशाईन संस्थाले गरेको कार्यक्रम सरहनिय रहेको बताईन । साथै यहाँले महिला संजालहरुलाई अगाडी बढएमा बिकास संभव हुने र महिलाहरुलाई सीप मुलक तालिम मात्र होईन की रोजगार मुलक बनाउँदै आत्म निर्भर बनाउनु पर्नेमा जोड दिनु भएको थियो ।

त्यसै गरी कार्यक्रमका प्रमुख अतिथी बजरंगी प्रसाद कुर्मीले कार्यक्रमको प्रशंसा गर्दै अगामी दिनमा कोभिड १९ र चुनावले कार्यक्रमलाई प्रभाव न पार्ने किसिमले अगाडी बढाउनु पर्नेमा जोड दिनु भएको थियो ।कार्यक्रमको संचालन शिवलाल यादवले गर्नु भएको थियो ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.