पहिरोले बन्द भएको सडक अझै खुलेन , कुनै निकायबाट सहयोग नभएको पिडित को गुनासो !!

0
Quantam abroad studies

बझाङ्ग ,भाद्र २१ – योगेश सिंह
बझाङ्गको बुङ्गल नगरपालिका स्थित वडा नम्बर ७ मा रहेको महादेव उ.मा.बि नजिकै रहेको गिठिनि भिरको पहिरोले बन्द भएको सडक अझै खुल्न सकेको छैन ।

यहि भदौ ४ गते गएको पहिरोले गर्दा बु.न.पा ६ र ७ वडामा पर्ने कफलसेरि देखि सानिगाड हाइड्रोपावरको इन्लेट जोड्ने सडक अबरुद्ध भएको थियो । अबिरल बर्षा सङ्गै गएको पहिरोले गर्दा सडक बन्द हुनुका साथै बिभिन्न ब्यक्तिहरुको धन जन को समेत क्षति भएको थियो ।

बिगत एक महिना देखि बन्द सडक खोल्न बुङ्गल नगरपालिका र बुङ्गलमा रहेका हाइड्रोपावरका प्रतिनिधि बिच बैठक बसि बु.न.पा. वडा न.६/७ का स्थानिय जनप्रतिनिधि र स्थानिय बुद्धिजिबि हरुको रहोबरमा सल्लाह गरेर पिडितलाई उचित क्षतिपुर्ति र बन्द सडक खोल्ने भन्ने कुरा भएर बन्द रहेको सडक खोल्न आएको मेसिन नै रोकिएको छ । पानीको बहाब बढि भएको कारण तत्काल पुरै ताल खोल्न नमिल्ने भएकोले अहिले बन्द सडक मात्रै खोल्ने भनेर सानिगाड हाइड्रोपावरको मेसिन घटनास्थलमा आएको थियो ।

घटना भएको एक महिना बितिसक्दा पनि आफुहरुले कुनै निकायबाट पनि क्षति पुर्ति नदिएको भन्दै पिडित पक्षहरूले बाटो खोल्ने काम अबरुद्ध गरेको थियो । बाटो खोल्ने काम अबरुद्ध गर्न पिडितहरु हुल बाधेर चलिरहेको मेसिन तिर जान खोज्दै थिए तर घटनास्थलमा खटिएका इलाका प्रहरि कार्यालयका प्रहरि ज्यु हरुले उक्त ब्यक्तिहरुलाई रोक्न खोज्दा केहि छिनका लागि स्थिति तनाबग्रस्त बनेको थियो ।

sahani furniture udyog

पाहिरो पिडित हरिभक्त दमाई भन्छन , “पहिरोले गर्दा पाक्न लागेको धानबालि सहित गाई समेत च्यापिए तर अहिले सम्म कुनै निकायले क्षति पुर्ति दिनु त परै जावस कुरा समेत गरेन “। त्यसै गरि अर्का पिडित बु.न.पा वडा.न.६ का राम ब धामि थप्छ्न .अरुको त जमिन र बालि मात्रै पुरियो तर मेरो त घर,जग्गा सहित गोठमा रहेका दुइ भैसि र कमाई खाने खेत समेत लग्यो तर पनि अहिले सम्म कुनै निकायले राहतका लागि खबर समेत गरेन । हामि पिडित सङ्ग सल्लाह गर्नु त काहो काहो ठुला बडा मात्रै बसेर आपसि छलफल गरि बाटो खोल्ने भनेर मेसिन घटनास्थल पुग्दामात्र थाहा भयो ।

त्यसैले हामिले तुरुन्त क्षतिपूर्ति पाउनुपर्ने नत्र बाटो कुनै हालतमा पनि नखुल्नदिने भनेका हौ “। यस बिसयमा बु.न.पा वडा नम्बर ७ का वडा अध्यक्ष टंक प्रसाद जोशि ज्यु लाई बुझ्दा उहा भन्नुहुन्छ हामिले ईलाका प्रहरि कार्यालय बुङ्गलका प्रतिनिधि अनि पिडितपक्ष र स्थानिय बुद्धिजीवीहरु सङ्ग बसेर पिडित लाई क्षतिपुर्ति दिने र सडक खोल्ने भन्ने बिसयमा दिन भरि छलफल गर्यौ र लिखित कागज समेत दिन्छौ भनि कुरा गर्दा पनि पिडित हरुले बाटो खोल्न मानिराख्नु भएको छैन जिल्ला प्रशासन कार्यालय बझाङ्गका प्रमुख ज्यु र बुङ्गल नगरपालिकाका मेयर ज्यु सङ्ग कुरा भै रहेको छ ।

आज नभए भोलि पनि हामि बाटो खोल्ने छौ , कुनै पनि हालतमा अब धेरै दिन बाटो बन्द पनि रहदैन र पिडितले पनि छिट्टै क्षतिपुर्ति पाउछन । पहिरोले गर्दा नदि थुनिएर ताल बन्यो र बालिनालि अनि धनजनको क्षति र सडक सङ्गै बिध्यालय जाने बाटो हिड्न पनि स्थानियलाई निकै गार्हो भएको छ ।

यस बिसयमा चाडै सम्बन्धित निकायको ध्यान जान जरुरि देखिन्छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.