
सत्रुधन खरबिन्द , कपिलवस्तु
यशोधरा गाउँपालिकामा जनता समाजबादी पार्टी नेपालको जनजागरण तथा सुदृढीकरण कार्यक्रम आज सम्पन्न भएको छ ।
यशोधरा गाउँपालिका जसपा पार्टी अध्यक्ष राम लखन जयसवालको अध्यक्षता , प्रदेश सदस्य सन्तोष कुमार पानडेय को प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा जिल्ला सदस्य अहमद अलि खान , पार्सद बिज्ञ राजेन्द्र मणि पाठक , राम औतार बढइको आतिथतामा रहेको थियो । जसपा नेपाल पार्टीको सुदृढीकरण , पार्टीको अगमी भावी रणनीति र यशोधरा गाउँपालिकामा भएको बजेटको दुरुपयोगको बारेमा कार्यक्रममा छ्लफल भएको यशोधार गाउँपालिकाको जसपा पार्टी नेपाल अध्यक्ष राम लखन जयसवालले बताउनु भएको छ ।

यशोधरा गाउँपालिका अन्तर्गत गाउँपालिका अध्यक्ष, गाउँपालिका उपाध्यक्ष तथा ८ वटै वडा जनता समाजबादी पार्टी नेपाल बाट अगमी चुनावमा भाग लिने उम्मेदवारहरुको सम्भावित नाम समेत छनौट गरि ५ दिनभित्र जिल्ला पार्टी कार्यालयमा पठाउने प्रमुख अतिथि सन्तोष कुमार पाण्डेले जनकारी दिनुभएको थियो । कार्यक्रममा ८० भन्दा धेरैको उपस्थित रहेको जसपा पार्टी अध्यक्ष राम लखन जयसवालले जनकारी दिनुभयो ।
यशोधरा गाउँपालिकाको जसपा नेपाल पार्टी सचिव बिरेन्द्र प्रसाद चौधरीको संचालन र अजय मिश्रा स्वागत मन्तव्यमा कार्यक्रम भएको थिए ।


