गाउँपालिका अध्यक्ष,वडा अध्यक्ष, विद्यालयको प्र.अ बिपिनझाको पुतला दहन

0
Quantam abroad studies

सप्तरी सम्बादाता
जिल्लाको तिलाठी कोईलाडी गाउँपालिका ७ अवस्थित लक्ष्मी बल्लभ नरसिंह माध्यमिक विद्यालय बभनगामाकट्टीमा विद्यालय ब्यबस्थापन समिति गठनको विरुद्धमा अभिभावकहरु आन्दोलनमा उत्रिएका छन् ।

जनप्रतिनिधि र प्रधानाध्यापकले अभिभावक नभएका आफ्ना आसेपासेलाई सम्मिलित गराई समिति गठन गरेको भन्दै अभिभावकहरुले बिरोध जनाएका हुन् ।

विद्यालयमा भेला भएका अभिभावकहरुले विद्यालय ब्यबस्थापन समिति खारेजीको माग गर्दै गाउँपालिका अध्यक्ष सतिश कुमार सिंह, वडा नम्बर ७ का अध्यक्ष गुलाव प्रसाद सिंह र प्रधानाध्यापक बिपिन झाको पुतला दहन गरे ।

पुत्ला दहन गर्दै विद्यालयका अभिभावक उपेन्द्र प्रसाद यादवले गोप्य रुपमा गठन भएको समितिलाई खारेज गर्नुपर्ने बताए । यस सामुदायिक विद्यालयमा गरिवको छोराछोरी पढिरहेको छ तर गरिव बिपन्न परिवारका अभिभावकलाई समितिमा नराखेर जनप्रतिनिधिको आफ्नो आसेपासेलाई राखेर समिति गठन गरेको उनले बताए ।

sahani furniture udyog

नवगठित समितिमा रहेको पदाधिकारीको छोराछोरीहरु राजबिराज , हनुमाननगर , बिराटनगर काठमाडौं सहितका संस्थागत विद्यालयमा पढिरहेको अभिभावकहरुले जानकारी दिएका छन् । समितिमा बस्न उनीहरुले पछि बिद्यार्थी भर्ना गराएको आन्दोनरत् अभिभावकहरुले आरोप लगाएका छन् । विद्यालयलाई राजनैतिक अखाडा बनाएको पूर्व शिक्षक गोसाई यादवले बताए । उनले विद्यालयलाई राजनैतिकबाट मुक्त गराउनु पर्नेमा जोड दिए ।

अभिभावकहरुले विद्यालय ब्यबस्थापन समिति पुर्नगठन नगरिए विद्यालयमा तालाबन्दीसहित सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् । विद्यालयको नवगठित पदाधिकारीहरुलाई बुधबार आयोजित एक कार्यक्रमका बीच पदस्थापना गरिएको थियो ।

वडा अध्यक्ष गुलाव प्रसाद सिंहको अध्यक्षतामा नवगठित समितिका अध्यक्ष अभय कुमार सिंह , नथुनी मण्डल , सदस्य दर्शन यादव , अरुण कुमार सिंह, महिला सदस्य उर्मिला देवी साह , शोभिता मण्डल , शिक्षक प्रतिनिधि संतोष सिंह , बाल क्लबबाट रिंकु कुमारी राउत , लखन मण्डल , सदस्य सचिव प्रधानाध्यापक बिपिन झा, वडा प्रतिनिधि गुलाव प्रसाद सिंहलाई पदास्थपना गरिएको थियो ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.