
शहबाज खान/कपिलवस्तु
कपिलवस्तुको कृष्णनगर नगरपालिका शिक्षा स्वास्थ्य तथा बाटोघाटोमा पिछाडिएको नगरपालिक रहेको छ । कृष्णानगर नापा भित्र रहेका अधिकांश सड़कहरु बिग्रिएको अवस्थामा रहेका छन्।
यदि कहिकतै सड़क निर्माण कार्य शुरु भएको छ भने ठेकेदारहरुको लापरवाहीको कारणले समय भन्दा पहिलै भत्किना लागेका हुन्छन्। कृष्णनगर नगरपालिकाको वडा नं.५ अन्तर्गत रहेको सडक पुरुषोतमपुर देखि बगही जाने सडक करीब ३ महिना पहिला कृति कन्ट्रक्सन प्रा.लि.जितपुर ४ नम्बर कपिलवस्तुका प्रोप्राइटर कृष्ण सापकोटाले कालो पत्रे सड़क निर्माण गरेका थिए । तर मात्र ३ महिना पहिला निर्माण भएको कालो पत्रे सड़क भत्किएको छ।
केही दिन पहिला कालोपत्रे सड़कमा घास उम्ररिएको र सड़क भत्किएको कुरा समाजिक संजालमा आएपछि सम्बन्धित ठेकेदारले घास उम्रिएक़ो र भत्किएको सड़कको पुनः मर्मत गरेको स्थानिय बासिन्दाहरुले बताउने गरेका छन्। मर्मत गरेको ठाँउ र अन्य ठाँउहरुमा फेरि सड़क भत्किएको र घास उम्रिएको देखेर स्थानिय जनताहरु चिन्तित भएका छन्।

सड़क बनाउदा गुणस्तरहीन समाग्री प्रयोग र प्राबिधिक लापरबाहीका कारणले छिटै कालो पत्रे सड़क भत्किन गरेको पाइएको छ । कुल रु ७६ लाख ९० हजारको लागतमा ९०० मीटर लामो तथा ५.५ मीटर चौडा बनेको कालो पत्रे सड़क निर्माण भको ३ महिना भित्रै भत्किदा सम्बन्धित निकायका प्राविधिक तथा ठेकेदारको मिलोमातोमा गुणस्तरहीन बनेको शंका समेत लागि रहेको स्थानियहरुको भनाई रहेको छ। सडकको छेउमा रहेको खेतबाट ठेकेदारले मनमानी ढंगले माटो खनि सड़क पटान गरेको स्थानियले आरोप समेत लगाएका छन्। सड़क निर्माण गर्दा अनिवार्य रुपमा लगाउनु पर्ने योजना बोर्ड समेत लागेको थिएन।
यसैगरी कृष्णनगर नगरपालिकाका इन्जिनीयर प्रदीप कुमार चौधरीका अनुसार नगरपालिकाले सम्बन्धित ठेकेदारलाई भत्किएको कालो पत्रे सड़क पुनः बनाउनको लागि पत्र समेत काटिसकिएको छ । यसका साथै एक बर्ष भित्र यदि उक्त सड़क भत्कियो भने पुनः निर्माणको जिम्मा सम्बन्धित ठेकेदारको नै रहेको चौधरीले बताएका छन्।

