
दोरेन्द्र खड्का , बझाङ
जयपृथ्वी नगरपालिका वडा नं ३ पडेस गजमाईल बाटो पडेस युवा समाज द्वारा मर्मत तथा सरसफाइ कार्य गरिएको छ ।
उक्त बाटोबारे पडेस युवा समाजका अध्यक्ष पवन खड्काले तपाई हामि सबैले उपभोग गर्ने बाटो अझै बिशेष गरि सदरमुकाम चैनपुरमा अध्ययन गर्नजाने बालबालिकाहरु, कार्यालयमा जाने कर्मचारीहरु, अकस्मात बिरामी हुदा यातायातको साधन नपाएको खण्डमा छिटो छरितो अस्पताल पुर्याउने बाटो भएकोले मर्मत र सरसफाइ गरिएको छ । सबैले गाडि चढ्न सक्ने र भाडादर ठिक भएको हुदा यो बाटो हिड्दा छिटो र छरितो हुने भएकोले हालसम्म यो बाटोको कुनै पक्षबाट मर्मत र सरसफाइ नभएको हुदा आम जनतालाई हिड्न निकै कष्टकर भएको थियो । त्यसैलाई मध्यनजर गर्दै हामीले यो अभियान चालेका हौ र यो बाटोको माथि पानकोट मेला बाख्रा चराउन र महिलाहरुले घास काट्ने भएको हुदा बाटो हिड्ने जो कोहिलाई पनि ढोल आउन सक्ने भएको कारणले अब यो काम पनि बन्द गरिदिन हुन भनि सबै वडाबासिहरुलाई जानकारी गराएका छन् ।
यसैगरी आजै पडेस युवा समाजका सदस्य बिकास खड्काको जन्मदिन परेको हुदा उहाले मेरो जन्मदिनको अबसर यसरी सामाजिक कार्यमा संङगलन हुदा पाउँदा सारै खुसि भएको बताएका छन्। यस्कासाथै बाटोमा ठुला ढुङ्गाहरु, दायाँबायाँ बोट बिरुवाको हाँगाहरु आएका, कतै भत्केर बाटो सागुरो, चिप्लो र खाल्डा खुल्डि भएर हिड्नलाई सारै गार्हो भएको हुदा यसलाई राम्रोसँग मर्मत र सरसफाइ गर्न आउने सबैलाई धन्यबाद दिएका थिए ।

गाउँ समाजमा यस्तो सामाजिक कार्यमा सबैले हातेमालो गरेर अघि बढदै कुनै पनि पार्टी र नेताको भरमा नपरि युवाहरुमा एकता भई हरेक ठाउँमा राम्रो कामको लागि भुमिका खेल्नुपर्छ भनी पडेस युवा समाजका सदस्य कलकजंग खड्काले आफ्नो बिचार प्रस्तुत गरेका थिए।
सो अभियानमा पडेस समाज युवा पडेसबासिको उपस्थित भएको थियो।
