६६ औं प्रहरी दिवसको पुर्बसन्ध्यामा प्रहरी द्वारा रक्तदान कार्यक्रम सम्पन्न

0
Quantam abroad studies

कपिलवस्तु / असोज १९
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको आयोजनामा एकदिने बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ६६ औँ प्रहरी दिवशको उपलक्ष्यमामा जिल्लामा कार्यरत प्रहरी कर्मचारी, संञ्चारकर्मी र  सर्वसाधारणको उपस्थितिमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

नेपाल रेडक्रस सोसाईटि कपिलवस्तुका जिल्ला शाखाका मन्त्री सन्तोष श्रीवस्तवले प्रहरीउपरिक्षक दान बहादुर कार्कीलाइ ब्लड ब्याग हस्तान्तरण गरि औपचारिक रुपमा रक्तदान कार्यक्रमको उद्घाटन गरिएको थियो। यहिँ असोज २० गते मनाउन लागिएको ६६ औँ प्रहरी दिवशको पूर्वसन्ध्यामा जिल्ला प्रहरी कार्यालयको प्राङ्गणमा आयोजना गरिएको रक्तदान कर्यक्रममा ५५ जना जना प्रहरी कर्मचारीको र पत्रकार महासंघ कपिलवस्तुका जिल्ला सचिव जानू पाण्डेले सर्वसाधारणको प्रतिनिधित्व गर्दैरक्तदान गरेका थिए । यससँगै जम्मा ५६ जनाले रक्तदान गरेका थिए । रक्तदान कार्यक्रममा प्रहरी उपरिक्षक दानबहादुर कार्की , ३ जना प्रहरीनिरीक्षक , ६ जना महिला सहित जम्मा ५५ जना प्रहरी कर्मचारीले रक्तदान गरेका थिए ।

sahani furniture udyog

उक्त कार्यक्रम रेडक्रसका जिल्ला शाखा प्रमुख सन्तोष श्रीवास्तवले प्रहरी कर्मचारीले दानगरेको रगत घटना, दुर्घटना तथा स्वास्थ्यसम्बन्धी समस्या रहेका कैयौँ नागरिकको जीवन रक्षामा उपयोग हुने बताउनु भएको थियो।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरिक्षक दान बहादुरकार्कीको अध्यक्षतमा सम्पन्न भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ कपिलवस्तुका जिल्ला अध्यक्ष किरणमान बज्राचार्य , नेपाल रेडक्रस सोसाईटिका ल्याब टेक्निसियन र संञ्चारकर्मीकोहरुको उपस्थिति रहेको थियो।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.