बाल बिकासका शिक्षिकाद्वारा दोस्रो चरणको आन्दोलन शुरु

0
Quantam abroad studies

एस एम न्युज सम्बादाता / सप्तरी
जिल्लाको राजविराजमा सामुदायिक विद्यालयमा कार्यरत बाल बिकासका शिक्षकशिक्षिकाद्वारा दास्रो चरणको आन्दोलनलाई निरन्तर दिएको छ।

सामुदायिक विद्यालयमा कार्यरत् शिक्षकशिक्षिकालाई नेपाल सरकारद्वारा तोकेको बमोजिम तलब र सेवासुबिधा नगरपालिकाहरूले नदिएकाले बिभिन्न जिल्लामा असोज ८ गते देखि नै आन्दोलनमा उत्रिएको सप्तरीको आन्दोलन संघर्ष समितिको संयोजक शिक्षिका सुमिंत्रा दासले बताईन्।

sahani furniture udyog

राजविराजको नगरपालिका कार्यलय भित्र आयोजना गरिको आन्दोलनहरूलाई निरन्तरता दिदै आईतबार देखि नै नगरपालिकामा अनिश्चितकाल लागि धर्ना कार्यक्रममा बसेको आन्दोलन संघर्ष समितिको सल्लाहकार गंगा यादवले बताउनु भएको छ।

सोही धर्ना कार्यक्रममा आन्दोलन संघर्ष समितिको संयोजक सुमिंत्रा दासले आर्थिक वर्ष २०७८ र ०७९ को बजेट अनुसार् सेवा सुबिधा दिँदैन भने हामीहरू राजविराज नगरपालिका कार्यलयमा अनिश्चितकालको लागि धर्नामा नै बस्छौ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.