माघ ११ गते अवधी पत्रकार संघको अधिबेशन हुने

0
Quantam abroad studies

माघ ८,
कपिलवस्तु – नेपाल अवधी पत्रकार संघ कपिलवस्तुको जिल्ला अधिवेशन हुनेभएको  छ । अवधी भाषा, कला सांस्कृती संरक्षणका लागि पत्रकारीतामा क्रियाशिल पत्रकारहरुको छाता संगठनको रुपमा अघी बढदै गरेको संघको अधिवेशन हुने लागेको छ । एक दशक भन्दा पहिले गठन भएको अवधी पत्रकारहरुको छाता संगठन नेपाल अवधी पत्रकार महासंघ केन्द्रिय समितिको नेतृत्वमा जिल्ला अधिवेशन हुने बताइएको छ ।
जिल्ला अधिवेशन यही माघ ११ गते शनिबार दिउसो १ बजे कपिलवस्तुको कृष्णनगर नगरपालिकामा अवस्थित उद्योग वाणिज्य संघको सभाहलमा हुनेछ । अधिवेशनको तयारीका लागि नेपाल अवधी पत्रकार संघको नेतृत्वमा विभिन्न समिति गठन गरी अधिवेशन कार्य अगाडी बढाइएको केन्द्रिय उपाध्यक्ष सनिउल्ला धोबीले जानकारी दिनु भयो ।
नेपाल अवधी पत्रकार संघले अवधी भाषा, कला सांस्कृती संरक्षणका लागि विभिन्न समयमा काम गर्दै आएको छ । अधिवेशनका लागि अवधी सस्कृतिक झल्कीने समाग्री प्रस्तुत गरिने अंकुश श्रीवस्तावले जानकारी दिनु भयो ।
कपिलवस्तुमा अवधी पत्रकार संघमा अवद्ध पत्रकारहरु पचास जना भन्दा बढी रहेका छन् ।

महाराजगन्ज नगरपालिका , कपिलवस्तु

महाराजगन्ज नगरपालिका , कपिलवस्तु

वडा नं. २ को कार्यालय

वडा नं. २ को कार्यालय

महराजगन्ज नगरपालिका ..
Leave A Reply

Your email address will not be published.