विश्व हिन्दु परिषदको कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न

0
Quantam abroad studies

माघ-२२
कपिलवस्तु :-कपिलवस्तु र अर्घखांचीको वि. हि. प. कार्यकर्ता हरु को तीन दिवसीय शिक्षा वर्ग प्रशिक्षण आज सम्पन्न भएको छ । उक्त शिक्षा वर्ग माघ २० गते अपरान्ह कपिलवस्तु जिल्ला अध्यक्ष दिपेन्द्र नाथ शुक्लको
अध्यक्षता एव मायादेवि गाउपालिका प्रमुख बजरगी कुर्मी को प्रमुख आतिथ्यतामा कार्यक्रमको शुरूवात भएको थियो। विभिन्न महानुभावहरुको उपस्थितिमा दैनिक चर्या, सँगठन विस्तार,आगामी कार्ययोजना, विभिन्न उत्सवहरु मनाउने , सत्संग,सँगठित हिन्दू,योगाभ्यास,सँघ प्रार्थना आदि विषय बस्तुको बारेमा वि. हि. प. र हिन्दू स्वयंसेवक सँघका कार्यकर्ताहरु लाई प्रशिक्षण दिएको छ।

sahani furniture udyog

कर्यक्रम को सहजीकरण सँगठन मन्त्री युगल किशोर त्रिपाठीले गर्नुभएको थियो ।उक्त कार्यक्रममा एकल विद्यालयका कार्यकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा वि.हि.प. सँगठन मन्त्री प्रह्लाद रेग्मी , रास्ट्रीय प्रवक्ता डा सतीश,एकल प्रमुख प्रदेश न ५ कपिलेश्वर त्रिपाठी,जिल्ला प्रमुख एकल र अन्य महानुभावहरु को सहभागितामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.