समाजवादी विद्यार्थी युनियन द्धारा क्याम्पसमा सरसफाइ कार्यक्रम

0
Quantam abroad studies

धीरज कोरी
कपिलवस्तु – कपिलवस्तु जिल्ला को धरोहर का रुपमा रहेको कपिलवस्तु बहुमुखी क्याम्पसमा समाजवादी विद्यार्थी द्धारा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । समाजवादी विद्यार्थी युनियन को अयोजना र समुदाय प्रहरी साझेदारी को सहयोग मा कपिलवस्तु बहुमुखी  क्याम्पस सरसफाइ गरिएको छ । सरसफाइ कार्यक्रम को उद्देश्य क्याम्पसलाई सफा , सुन्दर र हारयाली बनाउनको लागि कार्यक्रम गरिएको समाजवादी विद्यँथी युनियनका जिल्ला अध्यक्ष मोहित मिश्राले बताउनु भयो । क्यम्पसमा सरसफाईको अवस्था न्यून रहेकोले यस्तो कार्य गरेको मिश्राले बताएका छन । उनले भने हामी देखाई दिएका छौ । अब क्याम्पसले सबै हामीलाई नै प्रयोग गरेर निरन्तरता दिएको भए राम्रो हुने बताएका छन ।
कार्यक्रममा बोल्दै समाजवादी बिद्यार्थीका प्रदेश अध्यक्ष ओम प्रकाश यादवले विद्यार्थी र शिक्षक को सम्बन्ध राम्रो अनि क्याम्पसलाई सुन्दर बनाउने को लागि  हामी सबै को क्याम्पस भएकाले सबै जना मिलेर अगाडि बढाउनको लागि आ–आफ्नो ठाउँबाट काम  गर्नु पर्ने बताएका छन । क्याम्पस भित्र रहेका फोहार मैलालाई व्यावस्थापनमा क्याम्पसले चासो दिनु पर्ने बताएका छन । सरसफाइ कार्यक्रममा क्याम्पस प्रमुख डा. विनय कुमार पाण्डेय , समाजवादी विद्यार्थीका प्रदेश अध्यक्ष प्रकाश यादव , जिल्ला अध्यक्ष  मोहित मिश्रा , विद्यार्थी नेता विजय यादव , चन्द्र कुमार शर्मा ,जिल्ला प्रहरी कार्यालय  कपिलबस्तुका प्रहरी नायब निरिक्षाक होम बहादुर पुन , २० जना प्रहरी , शिक्षक , कर्मचारी , विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

महाराजगन्ज नगरपालिका , कपिलवस्तु

महाराजगन्ज नगरपालिका , कपिलवस्तु

वडा नं. २ को कार्यालय

वडा नं. २ को कार्यालय

महराजगन्ज नगरपालिका ..
Leave A Reply

Your email address will not be published.