कपिलवस्तुमा ६ वार्षिय बालिकाको करेन्ट लागेर मृत्युु

0
Quantam abroad studies

फाल्गुन १ / धिरज कोरि
कपिलवस्तु – कपिलवस्तु जिल्लाको मायादेवी गाउपालिका वडा नम्बर दुइमा एक बालिकाको करेन्ट लागेर मृत्यु भएको छ ।मायादेवी गाउपालिकाको गगापुर (भैसकुन्डा) का बिजय कुमार पासी कि ६ वार्षिय छोरी कुसुम पासीको करेन्ट लागेर मृत्यु भएको छ।उक्त बलिका स्थानीय श्री नेपाल राष्ट्रिय माध्यमिक बिध्यालय कक्षा १ मा अध्यनरत थिइन । घर बाट बिधालय जाने क्रममा स्थानीय मौलाना कायुम मुसलमानको निर्माणाधिन घरमा रहेको हेन्ड पम्पको हेन्डल छुदा करेन्ट लागि मृत्यु भएको जानकारी प्राप्त भएको छ ।उक्त हेन्ड पम्पमा जडान रहेको मोटर बाट करेन्ट  हेन्ड पम्पमा सप्लाइ भइ करेन्ट लागेको अनुमान गरिए पनि आधिकारिक पुष्ठि हुन सकेको छैन।घटनास्थलमा प्रहरी पुगि अनुसन्धान गरिएको छ ।उक्त घटना पछि उक्त गाउँ र ती बालिका पढने बिधालयमा शोक छाएको छ ।उक्त घटना पछि ती बालिका  पढने बिधालयले एक बिज्ञयप्ती जारी गरि संबेदना व्यक्त गरेको छ ।

महाराजगन्ज नगरपालिका , कपिलवस्तु

महाराजगन्ज नगरपालिका , कपिलवस्तु

वडा नं. २ को कार्यालय

वडा नं. २ को कार्यालय

महराजगन्ज नगरपालिका ..
Leave A Reply

Your email address will not be published.