वरिष्ठ पत्रकार एवं साझा न्यूजका अतिथि सम्पादक धर्मेन्द्र झा पुरस्कृत

0
Quantam abroad studies
sahani furniture udyog

नेपालगन्ज – नेपाल प्रेस युनियन बांकेको ११ औं जिल्ला अधिवेशनको अवसरमा तीन जना पत्रकारलाई पुरस्कृत सहित सम्मान गरेको छ । उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलले नेपालमा लोकतन्त्र स्थापनामा पत्रकारहरुको उल्लेख्य भूमिका रहेको जनाउनुभयो ।
उहाँले लोकतन्त्र स्थापनामा भूमिका खेलेका तिनै पत्रकारहरुको पेशा, सुरक्षासंगै प्रेस स्वतन्त्रताप्रति सरकार अहिले पनि गम्भीर नरहेको टिप्पणी गर्नु भयो । कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व सभापती एवं वरिष्ठ पत्रकार तारानाथ दाहाललाई नगद सहित सुशील कोइराला राष्ट्रिय पत्रकारिता पुरस्कार र अर्का नेपाल पत्रकार महासंघका पूर्व सभापति एव  साझा न्यूज साप्ताहिकका अतिथि सम्पादक धमेन्द्र झालाई नगद सहित पन्नालाल गुप्ता राष्ट्रिय पत्रकारिता पुरस्कारले सम्मान गरेको थियो भने नेपाल प्रेस युनियनका केन्द्रीय सचिव दीपा आलेलाई नगत सहित जगन्नाथ गौडेल पत्रकारिता पुरस्कारले सम्मान गरेको थियो ।
प्रजातान्त्रिक आदोलनमा जीवन पर्यन्त लागेका जगन्नाथ गौडेलका नाममा स्थापित पुरस्कार दीपा आलेलाई पहिलो पटक प्रदान गरिएको हो । उक्त कार्यक्रममा नेपाल प्रेस युनियनलाई सहयोग गर्ने पूर्वसांसद अब्दुल हमिद सिद्धिकी, नेपालगन्ज उपमेयर एवं युनियनका केन्द्रीय पार्षद उमा थापामगर, प्रेस युनियन बांकेका पूर्व अध्यक्षद्वय मेघराज ओली र नरेन्द्र थापालाई पनि सम्मान गरिएको थियो । कार्यक्रमको अध्यक्ष युनियन बांकेका अध्यक्ष जयनारायण शाहले गर्नु भएको थियो भने कार्यक्रमको सहजीकरण सचिव अर्जुन वलीले गर्नु भएको हो । आज युनियन बांकेको अधिवेशनबाट नयां कार्यसमिति चयन हुनेछ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.