तलब लिन गएका शिक्षक कुटिएर फर्किए

0
Quantam abroad studies

फाल्गुन -17 कपिलवस्तु

sahani furniture udyog

कपिलवस्तु नगरपालिका वडा नम्बर ३ मा आवस्थित बुद्ध ज्योती इङ्लिस बोर्डिङ स्कुलका शिक्षक रमेश बढइ आफ्नो पारिश्रमिक माग्ना जादा उक्त बोर्डिङ स्कुलका सचालक एव  प्रधानचार्य रुद्र प्रकाश गैरे ( प्रकाश गैरे ) द्वरा निर्घात कुटपिट गरिएको छ । यशोधरा गाउपालिका निवासी शिक्षक रमेश बढइ का अनुसार उनी त्यस स्कुलमा २ बर्ष देखि पढाउदै आएका छन् । आफुले १५ दिन अघिनै आफ्नो पारिश्रमिक उपलब्ध गराउन अनुरोध गरेका थिए र उक्त पारिश्रमिक लिन प्रधानचार्यको कार्य कक्षमा जादा केही बेरमै गैरेले अनावश्यक कुरा गर्दै बहस गर्न थालेको र पछि गालिगलौज गर्दै निर्घात कुटपिट गरिएको भनि बताएका छन् ।प्रकाश गैरेले उक्त शिक्षकलाई आफ्नो बेल्टले कुटदै गर्दा उन्को जेठो छोरा धिरज गैरे पनि आएको र उस्ले पनि कुटपिट गर्ना थालेको एक प्रत्यक्ष दर्सी शिक्षकले नाम नबताउने शर्तमा  बताए । प्रकाश गैरे भनेर चिनिने रुद्र प्रकाश गैरे कपिलवस्तु नगरपालिका वडा नम्बर ३का वडा अध्यक्ष पनि हुन । उनी बिगत केही समय देखि विभिन्न  बिबादमा तनिदै गएका छन् । उक्त घटना पश्चात् पीडित बढइले न्याय माग्दै दोसिलाई कारबाहि गर्न जिल्ला प्रहरी कार्यलयमा जाहेरी दिन जादा प्रहरीले आर्को दिन आउन भनी फर्काएको बताएका छन् ।यस्तै यश घटना बाट आक्रोसित भएका शिक्षकहरुले निजि बिधालय शिक्षक संर्घस समिती गठन गरि दोसिलाई कार्बाही र शिक्षकको सुरक्षा सुनिश्चित गर्न भनी भोलि मिति २०७६/११/१८ कपिलवस्तु नगरपालिकाका सम्पुर्ण निजि बिधालयमा एक दिने शैक्षिक हडतालको घोषणा गरेका छन् ।घटनाको पुर्ण विवरण तलको भिडियोमा उल्लेख गरिएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.