ऐलानी जग्गामा खेलमैदान न बनाउने हो भने कृष्णनगरका भु-माफियाहरु प्लाटिङ गरेर बेच्ने छ्न : सांसद शाह ।

0
Quantam abroad studies

निरहु यादव ,कपिलवस्तु, फाल्गुन १७ ।

sahani furniture udyog

जय नेपाल स्पोर्ट्स कल्ब कृष्णनगरको आयोजनामा कृष्णनगरमा संचालित इन्डो नेपाल क्रिकेट टुर्नामेन्ट 2020 को पुरस्कर वितरण तथा सम्मान कार्यक्रममा प्रमुख अतिथि रहेका सांसद अभिषेक शाहले आयोजक कल्ब सहभागी खेलाडी र मेयर रजत प्रताप शाहको खुलेर प्रशंसा गरे । कृष्णनगर १ छितौनीमा खाली रहेको ऐलानी जग्गामा नगरपालिकाले बनाउदै गरेको क्रिकेट खेलमैदानको प्रसङ्गमा यदि उक्त जग्गामा खेलमैदान बनाइ संरक्षण नगरीकन छोड्यो भने कृष्णनगरका भु-माफिया दलालहरुले प्लाटिङ गरेर बेच्न सक्ने भन्नुभयो । आफुले ३ लगातार चुनाव जितेर कुनै विशेष ठाउँ नपाएकोले आफू सोचे जस्तो युवाहरूको लागि केही विशेष काम गर्न नसकेको प्रति आफू लज्जित भएको समेत बताउनु भयो । सम्पन्न भएको उक्त खेलमा भारतको लखनउ , आजमगढ, सिद्धार्थनगर, र गोण्डा तथा नेपालका नेपालगन्ज , कृष्णनगर , भैरहवा र चितवन गरि जम्मा ८ टीमको सहभागिता थियोे जसमा आज भएको फाइनलमा बिजेता गोण्डालाई रु १ लाख नगदसहित बिजेता सिरिज र उपबिजेता चितवनलाई रु ५० हजार नगदसहित उपबिजेता सिरिज सम्मान सहित पुरस्कार बितरण गरिएको थियो ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.