तिनाउ मिसन बैक शाखाद्वारा प्रतापपुर गाउँपालिकालाई खाद्यान्न सामाग्री सहयोग

0
Quantam abroad studies
sahani furniture udyog

रबिन्द्र यादव / चैत्र २९
नवलपरासी – नवलपरासी पश्चिमको प्रतापपुर गाँउपालिकामा रहेको तिनाउ मिसन डेभलभमेन्ट बैंक लिमिटेड गोपिगञ्ज शाखा र बेलाटारी शाखाले प्रतापपुर गाँउपालिककालाई राहत स्वरुप खाद्यान्न उपलब्ध गराएको छ ।

कोरोना भाईरस (कोभिड-१९) महामारीलाई रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनको कारण गरीब असहाय अति विपन्न र ज्यालामजदुरी गर्ने घरपरिवारलाई दैनिक छाक टार्न गारो भएको अवस्थामा राहत स्वरुप दुवै बैंक शाखाले राहत सहयोग गरेको गोपिगञ्ज शाखाका शाखा प्रबन्धक दिलिप गौतमले बताए।

राहत स्वरु पउपलब्ध गराईएको खाद्यान सामग्री गाँउपालिक मार्फत वितरण गरिने छ ।विपतको समयमा बैंकले कार्यालयमै लगेर राहत स्वरूप खाद्यन्न उपलब्ध गराई मानवीय कार्य गरेकोले प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माले बैंकलाई धन्यवाद ब्यक्त गरेका थिए ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.