बिपद ब्यबस्थापन कोषमा सामुदायिक बिधालयका शिक्षकहरुको १५ लाख सहयोग

0
Quantam abroad studies

सुबिन बिश्वकर्मा / बराहक्षेत्र ।

नेपाल लगाएत बिश्वका थुप्रै देशहरु कोरोना भाइरस बाट आक्रान्त बनिरहेको अबस्था छ। नेपालमा पनि गत चैत ११ गतेदेखि लक डाउन गरिएपछि कोरोनाको संभावित जोखिम कम हुने देखिएको छ। बराहक्षेत्र नगरपालिकामा विशेषगरी लक डाउनबाट प्रभावित दैनिक ज्यालादारी, गरिब तथा बिपन्न बर्गहरुलाई लक्षित बिपद ब्यबस्थापन राहत कोषको स्थापना भएको थियो। कोषमा सहयोग गर्नेहरु उल्लेखनीय रुपमा रहेको बुझिएको छ। यसै शिलशिलामा, बराहक्षेत्र नगरपालिका भित्र रहेका सामुदायिक बिधालयका शिक्षक/ शिक्षिका तथा कर्मचारीहरुले १५ लाख, १० हजार, ४८ रुपैयाँको सहयोग संकलन गरि बराहक्षेत्र नगरपालिकाको बिपद राहत ब्यबस्थापन कोषमा प्रदान गरेका छन।

sahani furniture udyog

शिक्षक संगठन बराहक्षेत्रका अध्यक्ष तथा प्रकाश माबिका प्रधानाध्यापक चुडामणि ढकाल, शिक्षक संघका अध्यक्ष एबम बिपि आधारभूत बिधालयका प्रधानाध्यापक कृष्ण गुरागाई, मोहन माबिका प्रधानाध्यापक भोजराज न्यौपाने, कोशी माबिका प्रधानाध्यापक बालकृष्ण अधिकारी, उपस्थितिमा उक्त रकमको चेक नगर प्रमुख निलम खनाललाई हस्तान्तरण गरिएको कोशी माबिका प्र.अ. अधिकारीले बताए।

बुधबार भएको चेक हस्तान्तरणमा बराहक्षेत्र नगरपालिकाका शिक्षा शाखा प्रमुख उपसचिव डिल्लीराम अधिकारी समेत उपस्थित थिए। बराहक्षेत्र नगरपालिकामा अबस्थित ५२ वटा सामुदायिक बिधालयमा कार्यरत शिक्षक, शिक्षिकाको तलब कट्टा गरि कोषमा प्रदान गरिएको बिपि आधारभुतका प्र.अ. गुरागाइले बताए। उनका अनुसार आधारभुत तहका शिक्षक, शिक्षिकाको ३ दिनको तलब र माध्यमिक तहका शिक्षक, शिक्षिकाको ५ दिनको तलब कट्टा गरिएको हो। नगरको उक्त कोषमा विभिन्न संघसंस्था, सहकारी, ब्यक्ति, प्याब्सन, जनप्रतिनिधिहरु, कर्मचारीहरु तथा ब्यबसायिहरु द्वारा सहयोगको क्रम जारी रहेको छ। यसै क्रममा बुधबार ९३ लाख भन्दा बढी रकम कोषमा संकलन भैसकेको बुझिएको छ।

नगरपालिकाले ५० लाख कोषमा जम्मा गरेसँगै सो परिमाणको रकम संकलन भएको हो।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.