
प्रिया अधिकारी / बैशाख ९
रुपन्देही – अहिले विश्वभर महामारीको रुपमा फैलिएको कोभिड (19) कोरोना भाइरसका कारण देशमा भएको लकडाउनले विपन्न वर्गमा पर्न गएको समस्याको मध्यनजर गर्दै योजना बचत ॠण सहकारी संस्था लिमिटेड कञ्चन १बेलभरियाको व्यवस्थापनमा कञ्चन गाउँपालिका वडा १ र २ मा बसोबास गर्ने अति विपन्न परिवारलाई राहत वितरण गरेको छ। खिम बहादुर जिएमको अध्यक्षतामा कञ्चन १ र २ वडाका लौसा बेलभरिया गजेडी र मटेरिया गरि ४ स्थानमा राहत वितरण सम्पन्न गरेको छ।
