
धीरज कोरि / बैशाख १०
कपिलवस्तु – जिल्लाकाे महाराजगन्ज नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष काे नेतृत्वमा गरिब , विपन्न , मजदुर घरपरिवारलाई राहत वितरण गर्ने कार्य बिहाना ८ बजे बाट सुरु गरिएको थियो ।
सबै पार्टीका प्रतिनिधि हरुले सर्वदलीय बैठक मा पार्टीका प्रतिनिधि नेकपाका निजामुद्दीन खाँ , समाजवादीका अब्दुल माेतिम , राजपाका मनिराम अग्ररी र नेपाली कंग्रेसका निवर धुनिया हरु बाट तयार गरिएको नामावलीहरुकाे अाधार बाट राहत वितरण गरिएको वडा अध्यक्ष शिव प्रसाद बनियाले जानकारी दिनु भएको छ । वडाकाे सबै गाउँमा अाज रातह वितरण गरेर हुदैन वाकी रहेको गाउँमा भाेली पनि वितरण गर्ने अध्यक्ष बनियाले बताउनु भयो ।
