प्रिय धन / १० वैशाख नवलपुर- जिल्लाको मध्यविन्दु नगरपालिका आफ्ना नगरबासी प्रति थप उत्तरदायी बनेको छ । हरेक वडामा पहिलो चरणको राहत बाँडिसकेको नगरपालिकाले आफ्ना नगरभित्रका बसोबास गर्ने तर लक डाउन का कारण काठमाडौंमै बस्नुपरेका नगरबासीलाई घर ल्याउने व्यवस्था गर्न लागेको नगरप्रमुख चन्द्र बहादुर रानाले जानकारी दिनुभयो ।
नगरपालिकाले लक डाउन को समयावधि थप हुन सक्ने सम्भावना रहेको अवस्थामा आफ्ना नगरबासी हरु काठमाडौ बाट घर ल्याउने वातावरण मिलाउन लागेको हो । नगरप्रमुख रानाले भन्नुभयो ” हामी हाम्रा नगरबासी प्रति उत्तरदायी छौं , लक डाउन का कारण काठमाडौंमा रहनुभएका मध्यविन्दु नगरबासी लाई हामी घर ल्याउन चाहन्छौं , हामी यातायातको व्यवस्था गर्नेछौं ।
नगरपालिकाले यदि काठमाडौंमा रहनुभएको भए आफूहरुलाई जानकारी गराउन समेत आग्रह गरेको छ । जसका लागि नगरपालिका का योजना शाखा प्रमुख विकास नरसिंह राणा को मोबाइल नम्बर ९८५७०४१४४६ , सचिवालय सदस्य दिलीप वाग्लेको मोबाइल नम्बर ९८०५४६५००६ र यातायात संयोजक विशाल थापाको मोबाइल नम्बर ९८५७०४१६८५ मा खबर गर्न सकिने पनि नगरपालिकाले जनाएको छ । तर घर आउनु अघि नगरपालिकाले तोकेका मापदण्ड र नगरपालिकाको क्वारेन्टाइन मा अनिवार्य बस्नुपर्ने पनि नगरले जनाएको छ ।
साथै शारीरिक अपाङ्गता भएका तथा नियमित औषधि खानुपर्ने बिरामीहरू सके सम्म यथास्थानमा नै बस्न नगरपालिकाले अनुरोध गरेको छ । यदि काठमाडौंमा कोही परिवारका सदस्य भए संपर्क गर्नुहोस् यातायात संयोजक विशाल थापाले भन्नुभयो । तर हालका लागि केवल काठमाडौंमा रहेका मध्यविन्दु नगरबासी लाई मात्र घर ल्याउने तयारी भएको थापाले जानकारी दिनुभयो । अहिले तत्काल का लागि नेपाल सरकारले पटक पटक गरी वैशाख १५ गते सम्म लक डाउन जारी गरेको छ ।