संघीय सांसद ज्ञानेन्द्र बहादुर कार्की द्वारा ५० हजार बराहक्षेत्रको बिपद ब्यबस्थापन कोषमा

0
Quantam abroad studies

सुबिन बिश्वकर्मा/ बैशाख १०
सुनसरी- जिल्लको क्षेत्र नं ४ वाट निर्वाचित सांसद समेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले वराहक्षेत्र नगरपालिकाले स्थापना गरेको बिपत
राहत कोषमा ५० हजार प्रदान गरेका छन् ।

कोरोना रोकथाम गर्ने सरकारले लकडाउन गरे लगतै राहतकोषमा निर्वाचन क्षेत्रमा रहेका स्थानिय सरकारलाई एकद्बार प्रणाली मार्फत राहत बितरण गर्ने रकमको घोषणा गरे बमोजिम बुधबार बराहक्षेत्र नगरपालिकाका प्रमुख निलम खनाललाई नेपाली कांग्रेस क्षेत्र नं ४ प्रदेश सभा १ का सभापति उपेन्द्रबहादुर कट्वालले ५० बजारको भौचर हस्तान्तरण गरेका हुन् ।

नेपाल सरकारको निति अनुरुप स्थानीय सरकारवाट राहत प्रदान गर्ने नियनलाइ आत्मसाथ गर्दै सांसद कार्कीले उपलव्ध गराएको रकम प्रदान गरिएको र पक्षपात नगरी राहत प्रदान गर्न प्रमुख खनाललाई आग्रह समेत प्रदेश सभाका सभापति कट्बालले गरे । प्राप्त भएको राहत कसैलाई पक्षपात नगरि बितरण गरिनुपर्नेमा महासमिति सदस्री बाबुराम बिस्टले जोड दिए।

हस्तान्तरण कार्यक्रममा महिला संघ केन्द्रीय सदस्य अनु गुरुङ्ग,जिल्ला सदस्य शंकर बस्नेत,क्षेत्र नं ४ सचिव रमेश कार्की , सदस्य इन्द कोइरला, नेपाली कांग्रेस नगर सभापति नारायण नेपाल, महिला संघ वराहक्षेत्र सभापति छविना मगर लगाएतका कांग्रेस नेताहरु उपतिथि रहेको थियो । भने बुधवारनै रामधुनि नगरपालिका वडा नं ४ को कार्यलाई पनि २५ हजार राहतकोलागि हस्तान्तरण गरिएको सभापति कट्वालले जानकारी गराए ।

कार्कीले क्षेत्र ४ मा रहेका कोशि गाउपालिका, देवानगज गाउपालिका र भोक्राहा नरसिह गाऊपालिकालाइ ५० हजार प्रदान गर्ने घोषणा गरेका थिए।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.