नेपाली काग्रेस वार्ड कमिटी द्वारा ७२ हजार ५ सय रुपैयाँ बराबरको चामल प्रदान

0
Quantam abroad studies

सुबिन बिश्वकर्मा / बैशाख १०
सुनसरी – नेपाली कांग्रेस वडा नं ३ कार्य समितिले ३ नम्बर वडा कार्यलाई १८ सय ६० केजि चामल राहत बितरणका लागि प्रदान गरेको छ ।

sahani furniture udyog

लक डाउन भएको ३० औं दिन बितिसक्दा सर्बहरा बर्गहरु भने झनझन मारमा परिरहेको बेलामा वडा समितिले वडा कार्यलाईलाई एकद्वार प्रणाली मार्फत राहत प्रदान गर्न चामल प्रदान गरेको वडा समितिका सभापति नारायण निरौलाले बताए । वडा कार्यसमितिले संकलन गरेको रकमवाट २५ केजिको ५० बोरा र २० केजिको ३० वोरा गरि १८५० केजिको (८० बोरा) चामल वराहक्षेत्र नगर कार्यसमितिका उप- सभापति जगदबहादुर कार्कीले वडा नं ३ का अध्यक्ष रुद्रबहादुर दाहाललाई हस्तान्तरण गरेका हुन् ।

बुधबार हस्तान्तरण गरिएको कार्यक्रममा कांग्रेसका स्थानीय नेता समीर लिम्बू, लक्ष्मण थापा, मन्जु राई, दल बहादुर कार्की, नारायण निरौला, धनराज राउत, जानुका मोक्तान, पुजा धामी, थिर बहादुर कार्की, कमला थापा लगाएतका ब्यक्तिहरुको उपस्थिति रहेको थियो। यसअघि नेपाली कांग्रेस बराहक्षेत्र ५ ले बराहक्षेत्र वडा नम्बर ५ कार्यलयलाई ११०० केजि चामल बितरण गरेको थियो।

Leave A Reply

Your email address will not be published.