
बैशाख -१०
काठमाडौं – समाजबादी पार्टी र राष्ट्रिय जनता पार्टी बीच एकता गर्ने सहमति भएको छ । यस्तै एकीकृत पार्टीको रुपमा जनता समाजबदी पार्टी,नेपालको उदय भएको छ ।पार्टी को झण्डा समाजबादीको र चुनाव चिन्ह राजपाको राख्ने सहमति भएको छ ।
सरकारले दल बिभाजन सम्बन्धि अध्यादेश ल्याए संगै यी दुबै दल फुटन सक्ने हल्ला चलिरहदा दुबै पार्टी बीच एकता भए पछि यसले राष्ट्रिय राजनीतिमा एउटा नयाँ तरंग ल्याउने बुझिएको छ ।बिगतका दिनमा दुबै पार्टीको एकताको लागि विभिन्न प्रयास भएता पनि एकता हुन सकेको थिएन । त्यस पश्चात् विभिन्न उतार चढावका बीच आज मध्यराती पार्टी एकता हुनु सकारात्मक रुपले हेरिएको छ ।
