
बैशाख ११
कपिलवस्तु -जिल्लाको कृष्णनगर नगरपालिकामा महामारी फैलिएको देखिएको छ । नगरपालिकाको वार्ड नम्बर १२ मा पशुहरुमा खोरेत रोगको संक्रमण देखिएको छ । एक हप्ता पहिले ठकुरापुरमा २ जना किसानको भैसीमा संक्रमण देखिए को थियो भने अहिले ठकुरापुर लगायत हरिहरपुर , बैदौली र सोनबर्षा लाखौरा र बालानगर गाउँमा लगभग ६०० सय भन्दा बढी गाई भैसी तथा पाडापाडीहरु संक्रमीत भएको पशु सेवा शाखाका प्रमुख धनई प्रसाद यादवले बताएका छन्।
