उत्तम कुमार थापा / बैशाख ११ बझाङमा – आज (बिहिवार) जम्मा ८४जनाको आरटिडी कीटद्वारा कोरना भाईरस कोभिड १९ को संक्रमण भय नभएको परिक्षण गरिएको छ ।
परिक्षण गरीएका मध्ये जिल्ला अस्पताल बझाङमा ३७ जना र जयपृथ्वी नगरपालिका वडा न ७ मा ४७ जना को आरटिडि परिक्षण गरिएको जिल्ला जिल्ला अस्पताल बझाङले जनाएको छ ।
बझाङ जिल्लामा आरटिडी परिक्षण संख्या ५सय ७८ पुगेको छ भने आरटी पिसिआर परिक्षण संख्या ७१ पुगेको र परिक्षण गरीएका सबैको नतिजा नेगेटिभ रहेको जिल्ला स्वास्थ्य कार्यालय बझाङका कोरना भाईरस कोभिड १९ सम्पर्क ब्यक्ति नारायण जोशी ले बताउनुभयो । जोशीका अनुसार बझाङ जिल्लामा हाल सम्म कुनै पनि ब्यक्तिमा कोरोना संक्रमण नभएको बताउनुभयो ।