सिधार्थ द्वारा पत्रकारलाई ज्याकेट

0
Quantam abroad studies

सुबिन बिश्वकर्मा/ बैशाख ११
सुनसरी – वराहक्षेत्र ५ मा रहेको सिधार्थ मेमोरियल इङलिस स्कुलले वराहक्षेत्रमा कृयासिल पत्रकारहरुको साझा संस्था ग्रामिण पत्रकार समुहलाई प्रेस लेखेको ज्याकेट उपलब्ध गराएको छ । वराहक्षेत्रमा रहेको संस्थागत बिद्यालय मध्य अग्रणी स्थानमा रहेको सिधार्थले यस बिपतको घडिमा समाचार संकलन गर्न सहज र पत्रकार पहिचानका लागि ज्याकेट सौजन्य गरेको विद्यालयका पिन्सिपल कृष्ण तामाङ्गले बताए ।

sahani furniture udyog

वराहक्षेत्रमा कृयासिल १७ जना पत्रकारहरुलाई ग्रामिण पत्रकार समुह भित्र आवद्व गराउने सन्देश सहित १७ वटा ज्याकेट बिहिबार पिन्सिपल तामाङले ग्रामिण पत्रकार समुहका अध्यक्ष हिरण्य कार्कीलाइ हस्तारण गरेका हुन। उक्त १७ वटा ज्याकेट ग्रहण गर्दै पत्रकारहरुको यस अबस्थालाई मध्यनजर गरि ज्याकेट प्रदान गरेकोमा सिधार्थ मेरोरियल बोर्डिङ स्कुलप्रती आभार ब्यक्त गरे। उनी भन्छन “बराहक्षेत्रमा स्थानीय तहले पत्रकारहरुलाई नजरअन्दाज गरिरहेको यो अबस्थामा स्थानीय पत्रकारहरुको समस्या बुझी निजी क्षेत्रको बोर्डिङ स्कुलले गरेको यो सहयोग सराहनीय छ।

करिब दस हजार मूल्य बराबरको ज्याकेट प्रदान गरिएको यस कार्यले स्थानीय संस्थाहरु र पत्रकारहरुको सम्बन्य अझ बलियो हुँदै जाने अध्यक्ष कार्कीको भनाई छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.