सरकार यति कठोर किन? घर फर्किन चाहनेलाई जान देउ

0
Quantam abroad studies

काठमाडौ – मिडिया नेपालका केन्द्रिय अध्यक्ष गोपाल पौडेलले काठमाडौमा रहेका झापालीहरुलाई घर फर्किने व्यवस्था मिलाइदीन सरकार संग आग्रह गरेका छन् । लामो लक डाउन झेल्नु पर्दा काठमाडौमा बस्न अत्यन्तै असुविधा भएकाहरूलाई घर पठाइदिन आग्रह गर्दै पौडेलले सरकारको ध्यानाकर्षण गराएका हुन् । सामाजिक संजालमा अध्यक्ष पौडेल लेख्छन्, ‘झापा बाट निर्वाचित भएका व्यक्ति हाल देशको प्रधानमन्त्री हुनुहुन्छ । त्यही प्रदेशवाट निर्वाचित व्यक्ति १ न. प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री हुनुहुन्छ । त्यस क्षेत्रका धेरै मान्छेहरु वर्तमान सरकारको ठुल्ठला जिम्मेवारीमा हुनुहुन्छ।’ घर फर्किने वातावरण मिलाइदिन आग्रह गर्दै हरेक दिन धेरै संख्या आफुलाइ फोन कल आउने गरेको बताएका छन् ।

स्थानीय तहका प्रमुखहरु संग समेत आफुले बारम्बार फोन मार्फत सहजीकरण प्रयास गरेको भन्दै उनले कोरोना त्रास भन्दा ठूलो समस्या झेल्न बाध्य नागरिकहरुको पीडा नसुनेकोमा सरकारको कडा शब्दमा आलोचना समेत गरेका छन् । स्थानीय निकाय संग गरिएको परामर्श बाट कुनै ठोस निर्णय हुन नसकेको प्रती उनले स्थानीय तहलाई गम्भीर हुन समेत अपिल गरेका छन् । सरकारले कोरोनाको महामारी फैलिन नदिन मुलुकभर लक डाउनको घोषणा गरेको छ । लक डाउन संगै काठमाडौ बाट बाहिरिन चाहनेको संख्या पनि बढ्दै गएको छ । लामो समय सम्म लक डाउन भए पछी जीविकोपार्जन गर्न समस्या हुन थालेकोले पनि काठमाडौ उपत्यका छोडेर बाहिरिनेहरु चाप बढ्न थालेको पाइएको छ । केही दिन अघिसरकारले घर फर्कन चाहनेहरुको लागि यात्रा खुला गरिदिएको समाचार आएको थियो । उक्त खबर सुनेपछि उपत्यका छोड्नेहरु गाडीको प्रतीक्षामा घन्टौ सम्म बस्ने गरेका थिए ।

यद्यपि हल्लामा आए जस्तो गरि सजिलै उपत्यका छोड्न पाउने सम्भावना भने छदैं थिएन । घाम पानीको समेत पर्वाह नगरी काखीमा नानी च्यापेर घन्टौ सम्म गाडिको प्रतीक्षा गर्ने र अन्त्यमा पुनः बासस्थान फर्किनु पर्नेको पीडादायी अवस्था हिजोआज सामाजिक संजाल भरिने गरेको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.