धीरज काेरी / बैशाख ११ कपिलवस्तु – जिल्लाकाे महाराजगन्ज नगरपालिकाले काेराेना भाइरस बाट वचन काे लागि नगरपालिका भित्रका सबै वडामा क्वारेन्टाइन रहेको र क्वारेन्टाइनमा ३३ जना रहेका छन् ।
काेराेना भाइरस एक व्यक्ति बाट अर्को व्यक्तिमा सजिलै सर्ने भएकाले विदेश बाट आएका व्यक्ति र नगरपालिका भित्र का व्यक्तिमा काेराेनाकाे लक्षण देखा परेमा क्वारेन्टाइनमा १४ दिन सम्म राख्ने व्यवस्था रहेको छ।
नगरपालिका काे क्वारेन्टाइन वडा नम्बर १ महाराजगन्जमा ७ जना , वडा नम्बर ४ बरईपुर मा ४ जना , वडा नम्बर ७ कुशाहवा मा ७ जना , वडा नम्बर ८ कजरहवामा ५ जना , वडा नम्बर ९ शिसवामा ६ जना र वडा नम्बर १० हरदाैना मा ४ जना क्वारेन्टाइन मा रहेका व्यक्तिहरु भारत बाट अाएका छन् ।
वडा नम्बर २ पडरिया , वडा नम्बर ३ जामुनी , वडा नम्बर ५ उदयपुर , वडा नम्बर ६ भलवारी र वडा नम्बर ११ बलरमावापुरमा कुनै पनि व्यक्ति क्वारेन्टाइन मा नरहेको महाराजगंज नगरपालिकाको नगर स्वास्थ्य संयोजक राधेश्याम जयसवालले जानकारी दिनु भयो ।
महाराजगन्ज नगरपालिका काे सबै क्वारेन्टाइनमा जम्मा २५९ वेड संख्या रहेको छ ।