
प्रिय धन , बैशाख १२
नवलपुर – १ बजेर २४ मिनेट गएको थियो । तर मध्यविन्दु ५ दाउन बारिका कमल प्रसाद भुसाल भने त्यतिबेला सम्म पनि खाना खानुभएको थिएन । उहाको शरीर पसिनाले निथु्क्क भिजेको थियो ।उहाँ एक कृषक हुनुन्छ । नेपाल सरकारले कोरोना भाइरस जोखिम न्यूनीकरणका लागि गत चैत्र ११ गते देखि लक डाउन जारी राखेको छ । जब लक डाउन सुरु भयो तब कृषकहरुमा चिन्ताको सवाल थुप्रियो । नवलपरासी पूर्व जिल्ला मध्यविन्दु नगरपालिका ५ दाउनबारीका कमल प्रसाद भुसाल को दैनिकी अहिले दिउँसोको २ बजे तिर खाना खानेगरी बितेको छ । उहाँ पशुपालक कृषक हुनुन्छ । उहाँको राधिका गाई फार्म मा अहिले १८ वटा भैंसी र १६ वटा गाई छन् ।
२०७५ साल चैत्र २८ गते २ वटा गाई पाल्न सुरु गर्नुभएका भुसाल ले हाल दैनिक १० हजारका दरले दूध बिक्री गर्नुहुन्छ । लक डाउन को समयमा आफैं घर घर मा गई दूध बेच्ने गरेको भुसाल बताउनुहुन्छ । सरकारले लागू गरेको लक डाउन मा भने काम गर्ने कामदार नपाएपछि उहाँ र उहाकी श्रीमती राधिका भुसाल लाई निकै गार्हो भएको छ । राधिका भुसाल भन्नु हुन्छ ” यी वस्तुलाई घाँस काटेर मिलाउँदा ६ घण्टा बित्छ , धन्न बाबुनानीले पनि सघाउ पुर्याएका छन् । “
उहाँका २ छोरी र एक छोरा छन् । १७ र १५ वर्षका २ छोरी र १० वर्षका छोराले सकेको घरको काममा सघाएका छन् ।
करिब ३४ वटा पशु वस्तुको स्याहार सुसार का निम्ति कमल प्रसाद र उहाँकी श्रीमती राधिका भुसाल बिहान ३ बजे नै उठ्नुहुन्छ । गोबर फाल्ने ,दानापानी मिलाउने , दूध दुहुने , घाँस काट्ने गर्दा आधा दिन बित्छ ।
गरे के हुँदैन र भन्ने कुराको उदाहरण मध्यविन्दु ५ दाउन बारिका कमल प्रसाद भुसाल ले दिनुभएको छ । उहाँ इजरायल बाट फर्केलगत्तै एकबर्ष अघि १ विगाहा जग्गा बन्धक लिएर २ वटा गाई पाल्न सुरु गर्नुभयो । हाल उहाले उक्त १ विगाहा जमिनमा सुपर नेपियर जातको घास लगाउनुभएको छ। करिब डेढ महिनापछि पटक पटक काट्न मिल्ने घासका कारण उहालाई केही राहत त भएको छ तर लक डाउन का कारण कामदार नपाएपछि दानापानी गर्नमा समस्या भएको उहाले बताउनुभयो ।
भुसालले अहिले करिब २० सेन्टिमिटर को सुपर नेपियर जातिको घासको लाख्रा लाई प्रतिगोटा ५ रुपैयाँका दरले बिक्री समेत गर्नुहुन्छ । जस बाट पनि दिनमै २० औं हजार को आम्दानी हुने कृषक कमल भुसाल बताउनुहुन्छ ।
