निरहु यादव /१२ बैशाख डिभिजन बन कार्यालयले आज ३ वटा खर को छानोबाट बनाइको घरमा आग लगाई र ३ वटा जस्तापाता बाट बनाइए को घर भत्काएर पुर्ण रूपमा ध्वस्त पारिए को छ । शिवराज नगरपालिका ५ रहटकोल स्थित खाली रहेको बनको जग्गामा लकडाउनको मौका छोपी अतिक्रमण गरेर ती घरका संरचनाहरू बढाउने गरेको र अतिक्रम हटाउन सूचना दिदा पनि हटाउन नमानेको र यदि लकडाउन खुल्ने प्रतीक्षा गरेको भए संरचना अझै सम्भावना भएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा ती घरहरू भत्काइएको डिभिजन बन कार्यलय चन्दौटाका DFO दुर्गा बहादुर कार्कीले बताउनु भएको छ ।