अशइ को सरुवा मग्दै प्र.जि.अ.लाई ज्ञपन पत्र

0
Quantam abroad studies

बैशाख १२
मायादेवी गाउंपालिका वडा नं. ५ बलुहवा स्थित तुलसीपुर चौकीका ईन्जार्च सरुवाको माग गरेका छन् ।प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेललाई ज्ञापन पत्र बुझाई तुलसीपुर चौकी इन्चार्ज उदयभान यादवको सरुवा माग गरेका छन् । वडा नं. ५ का वडा अध्यक्ष राजेन्द्र प्रसाद पाण्डेयको नेतृत्वमा आएको डेलिगेशन टोलीले तुलसीपुर प्रहरी चौकीका ईन्चार्ज प्रहरी सहायक नायब निरिक्षक यादवको सरुवाको मागगर्दै ज्ञापन पत्र बुझाएका छन् ।

वडा अध्यक्ष पाण्डेले बताए अनुसार ज्ञापन पत्र बुझे पछि प्रमुख जिल्ला अधिकारी पौडेलले थप कारवाही प्रक्रियाका लागि सो ज्ञापन पत्र जिल्ला प्रहरी कार्यालयमा पठाई दिने भन्नू भएको छ ।

sahani furniture udyog

लकडाउनका बेला पनि वडा अन्तर्गत बलुहवा, अट्कोनिया, सिसहनिया, गणेशपुर लगायतका गाउँहरुमा खुल्ला रुपमा रक्सी पसल संचालन भएता पनि प्रहरी सहायक नायब निरीक्षक उदयभान यादव ले कुनै कारवाही प्रक्रिया अघि न बढाएको हुँदा सरुवा माग गरेको वडा अध्यक्ष पाण्डेयले जानकारी दिनु भयो । स्थानीय द्वारा लक डाउन को बेलामा रक्सी पसल वन्द गराउनु र भिड भाड रोक्नु को साटो अशइ यादवले प्रहरी यूनिफर्ममै रक्सी पसलमा गइ रक्सी पिउने गरेको बताए का छन् ।

सिमा क्षेत्रमा हुने तस्करी लगायतका गैर कानुनी काम रोक्नु को साटो डिउटीको समय मा पनि रक्सी सेवन गरि हिड्ने र आफ्नो काम कर्तव्य निर्बाह मा बेवास्ता गरेको साथै पटक पटक अनुरोध गर्दा पनि नमानेको हुँदा बाध्य भएर यादवको सरुवा माग गरेको वडा अध्यक्ष पाण्डेले बताउनु भएको छ ।

Leave A Reply

Your email address will not be published.