काठमाडौमा अलपत्र परेका ६० जना बराहक्षेत्रबासी लाई आआफ्नो घर ल्याइको

0
Quantam abroad studies

सुबिन बिश्वकर्मा `लुते´/ बराहक्षेत्र ।
कोरोना भाइरस बाट हुने थप जोखिमलाई कम गर्ने उद्देश्यले देशभर गरिएको लक डाउनको कारण धेरै मान्छेहरू बिचल्लीमा परेका छन। विशेषगरि आफ्नो स्थायी बसोबास छोडेर देशका विभिन्न स्थानमा ज्याला, मजदुरी गर्न गएकाहरु गत चैत ११ गते गरिएको लकडाउनले यथास्थानमै अलपत्र परेका हुन। यद्यपि लकडाउन भएको महिना दिन बितिसक्दा सरकारले आआफ्ना नागरिकलाई स्थानीय तहमा लैजाने अनुमती दिएको छ। यसैबिच देशका विभिन्न पालिका हरुले आफ्ना नागरिक ल्याउने क्रम जारी छ।

यसैक्रममा काठमाडौमा अलपत्र परेकाहरू लाई बराहक्षेत्रका ६० जना स्थानीय बासी लाई आफ्नो घर ल्याइएको छ। सुनसरि काठमाडौं सम्पर्क मन्चको समन्वयमा बराह क्षेत्र नगर प्रमुख निलम खनाल र सम्पर्क मंचका युवा नेता एबम् नेकपा नगर कमिटी सचिबालय सदस्य बिष्णु घिमिरेको पहलमा उनीहरूलाई घर ल्याइएको हो। विद्यार्थी नेता समेत समेत रहेका घिमिरेले विशेषगरी बिपन्न, मजदुर तथा गरिब बिध्यार्थीलाई ल्याइएको बताए।

sahani furniture udyog

उनीहरूको सामान्य स्वास्थ्य जाच पछि होम क्वारेन्टाइनमा पठाइएको बुझिएको छ।सम्पर्क मंचले यसअघि पनि हामिले १०५ जना ल्याइसकेको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.