महाराजगन्ज काे वडा नं ६ मा विषादी छर्कदै

0
Quantam abroad studies

कृष्ण कुमार यादव
कपिलबस्तु , १९ चैत
देशभर कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको त्रास फैलिरहेको छ । व्यकटेरिया बाट हुने विभिन्न रोग बाट बच्नका लागि कपिलवस्तुको  महराजगंज नगरपालिका वडा – ६ ले बिषाधी छर्ने कार्य शुरु गरेको छ ।
महराजगंज नगरपािलकाका वडा नं. ६ का वडाअध्यक्ष हेमन्त कुमार चौधरी को अगवाईमा ठूलो भलवारी, सानो भलवरी, सुरहानिया , ठूलो बुटहानिया , सानो बुटहानिया र जिगना बिषाधि छर्ने कार्य सुरु गरिएको छ । आफ्नो नगरलाई सुरक्षित बनाउन टोल बस्तीमा रहेका नाला तथा फोहर हुने ठाँउमा बिषाधी छर्ने कार्य शुरु गरेका हुन् ।


गाउ गाउमा सरसफाई गराई नगर भित्र व्यकटेरिया र लामखुट्टे बाट हुने विभिन्न रोगको नियंत्रणका लागि बिसादी छर्ने काम सुरु गरिएको वडाअध्यक्ष चौधरीले बताएका छन्।

sahani furniture udyog

वडा नं. ६ मा व्यकटेरिया र लामखुट्टे बाट हुने विभिन्न रोग जस्तै ज्वरो आउनु, रुघा खोकी लाग्नु, पनेउमोनीय,सिफलिस,डेंगू, चिकनगोनिया,फाइलेरिया, टाइफाइड जस्ता रोगलाई नियन्त्रण गर्नका लागि वडामा किटनसक बिषादी  छर्ने कार्य सुरु गरेको वडाअध्यक्ष चौधरी बताए ।
 बिश्वब्यापी महामारीको रुपमा फैलिरहेको (COVID 19 ) अर्थात कोरोना भाइरस बाट बच्नको लागि सरकारले लगाएको लकडाउनको सबैले पालन गरी भीडभाड बाट बचेर घरमै सुरक्षित रहन सबै वार्डवासीमा वार्ड अध्यक्ष चौधरी ले अनुरोध गरेका छन।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.