
सुरेश राज / चैत्र १७
कपिलवस्तु – कोरना भाईरस संक्रमण फैलिन सक्ने जोखिम कम गर्न जिल्ला अदालतको आदेश अनुसार कपिलवस्तु कारागारबाट नौ जना कैदी बन्दीलाई रिहा गरिएको छ । कोरोना भाईरस रोकथामका लागी सर्वोच्च अदालतको निर्णय अनुसार जिल्ला अदालतले कैदीहरुलाई छाडेको हो । कारागारका जेलर राकेश पाण्डेय अनुसार सर्वोच्च अदालतको गत चैत ७ गतेको निर्णय अनुसार जिल्ला अदालतको आदेश पछि कैदीहरुलाई रिहा गरिएको बताउनु भएको छ ।
कैदी बन्दीको निबेदन र जिल्ला न्यायधिशको आदेश अनुसार कैदीहरुलाई गत चैत ९ देखि चैत ११ गते को बिचमा रिहा गरिएको जेलर पाण्डेयले बताउनु भएको छ । छाडिएको नौ जना मध्ये बहु बिवाहका २, आगलागी ४, कुटपीट र लुटपीटका २ र सवारी ज्यानका एक जना रिहा भएका हुन । दुई ब्लकमा २ सय ३० जनको क्षमता रहेको कारागरमा अहिले ३ सय ८५ जना कैदीबन्दी छन । एकै ठाउमा धेरै मानिस हुदा कोरोना फैलिन सक्ने भएकाले कारागारमा सचेतना कार्यक्रम समेत चलाईएको जेलर पाण्डेयले बताउनु भयो ।
