धीरज काेरी कपिलवस्तु , १६ चैत समाजवादी पार्टी का जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादव द्वारा मायादेवी गाउपालिका काे वडा नं ३ बरगदवा मा १५० भन्दा बढी घरदुरी मा माक्स र साबुन वितरण गरिएकाे छ । काेराेना भाइरस (काेभिड -19) बाट बच्ना का लागि सचेतना र साबुन पानी बाट हात धुने , माक्स प्रयोग गर्ने , भिडभाड मा नजमने , सरकार काे निर्देशन पालना गर्ने कुरा हरु काे लागि हार्दिक अनुरोध अध्यक्ष शैलेन्द्र कुमार यादव गर्नु भएको छ । विश्वमा काेराेना भाइरस काे महामारी १९६ भन्दा बढी देशमा संक्रमित भइरहेकाे ले यसले हाम्रो देश नेपालमा पनि डरत्रास काे वातावरण सृजना भएको छ ।
विश्वमा देखा पारेकाे अहिलेसम्म काे ठुलाे मानवीय संकट हाे । याे लडाइमा , धैर्यता , सहास , संकल्प र सहकार्य काे ठुलो भुमिका हुन्छ । याे लडाइँमा मा हाम्रो पार्टी पुर्ण रुपमा सहयोग गर्छ ।
सुरक्षाका मापदण्ड अनुसार अपनाउन अाइसाेलेशन , क्वारेन्टाइन , साेसियल टिस्टेन्स र लक डाउन का नियमकाे पालना गर्न सबै मा हार्दिक अनुरोध गर्दैछु । साथै संक्रमित व्यक्ति काे रेखदेख , अैाषधी , उपकरण तत्काल सरकारले उपलब्ध गर्नु र राहत प्याकेज काे व्यवस्था साथै ऋण ,व्याज नलिनु पर्छ । स्थानीय सरकार , प्रदेश सरकार र केन्द्र सरकार ले विशेष ख्याल गर्नु पर्ने अवस्था हाल सम्म सुस्ती देखि रहेको अवस्थ छ । समाजवादी पार्टी बाट सके सम्म सहयोग गर्न प्रतिबद्ध छाै ।