समाजसेवी तिवारी द्वारा २५० विपन्न परिवारलाई अत्यावश्यक खाद्य सामाग्री वितरण

0
Quantam abroad studies

पर्सा, बिरगंज / चैत्र १९
पर्साको बिन्दवासनी गाउँपालिका गदौंलका समाजसेवी प्रमोद तिवारीले वडा नम्बर १ र २ का साढे २ सय बिपन्न परिवारलाई नीजि खर्चमा राहत सामग्री दिएका छन् । बिश्वब्यापी रुपमा फैलिएको नोबेल कोरानो (कोभिड–१९) भाइरस संक्रमणको रोकथामका लागि सरकारले घोषणा गरेको लकडाउनका दौरान गाउँका बिपिन्न बर्गका मानिसहरुलाई छाक टार्न समस्या भएपछि उनले आफ्नो खर्चमा राहत सामग्री बितरण गरेका ।

साढे २ सय वटा परिवारलाई बराबर रुपमा करिब साढे १२ किलो चामल, एक किलो नुन, एक पाउ स्वाबिन मस्यौरा उनले बाँडेका छन् । यसरी उनले ३ हजार एक सय २५ किलो चामल, साढे २ सय किलो नुन, साढे २ सय वटा मास्क र करिब ६० किलो स्वाबिन मस्यौरा बाँडेका हुन । ‘अहिले असहज समय छ, धेरै परिवारलाई छाक टार्न समस्या भएको थाहा पाएपछि मैले घर परिवारभित्र सल्लाह गरेर राहत सामग्री बाँड्ने निधो गरे,’ तिवारीले भने, ‘मँसंग स्रोत थियो र दिएँ, गाउँमा कोही पनि भोक भोकै सुत्नु नपरोस भन्ने मेरो उदेश्य हो ।

बहुअर्वा भाठामा रहेका स्थानीय प्रहरी चौकी र सशस्त्र प्रहरी बलको इकाईको समन्वयमा उनले लक्षित परिवारलाई उक्त सामग्री बाँडेका हुन । नेपाल प्रहरी, सशस्त्र प्रहरी र गाउँका भद्र भलाद्यमीहरुले सहजिकरण गरेर २ सय ५० जनामा ब्यवस्थित किसिमले राहत बितरण गर्न सघाएका थिए । लकडाउन समेत सरकारको निर्देशनहरु पालना गर्न कोरोना रोकथामको लागि आवश्यक रहेको समेत तिवारीले बताए।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.