सुरेश राज पाण्डे / चैत्र १९ कपिलवस्तु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जिल्ला सदस्य कोमनाथ यदवले विश्वा महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस बाट बच्नाको लागि जनतालाई सावधानी अपनाउन अनुरोध गर्नुभएको छ।यो अवास्थामा कसैले पनि राजनीतिक हिसाबले नभई मानवताको नाताले आ-आफ्नो क्षेत्रबाट सम्पुर्ण जन्तालाई र सरकारलाई सक्दो सहयोग गर्नु जरुरी रहेको बताउनु भएको छ ।
दिन भरी मजदुरी ज्याला गरेर जिवन निर्वाह गर्ने अति विपन्न परिवारलाई “लकडाउन”मा खाद्यान समाग्रिको अभाव रहेकोले यस कुरालाई विशेष ध्यान दिन स्थानिय सरकारलाई अपिल गर्नुभएको छ।साथै क्वारेन्टाईनमा रहेका सम्पुर्ण साथी भाईहरुको सेवा सुविधालाई कमि कमजोरी हुन नदिन प्रत्येक वडाका अध्यक्षज्यूहरुलाई आग्रह गर्नु भएको छ भने सरकारले जारी गरेको “लकडाउन”लाई सबैले पालना गरौ ” भन्ने कुरामा जोड दिनुभयो।
यस्तै यादवले सरकार पनि यश विषयम गम्भीर भएर लागेको छ र सबै सचेत रहे चाडई कोरोन बिरुद्धको लडाइँमा मानवताको जित हुने बताएका छन् ।