
चैत्र १९
काठमाडौं – विश्व हिन्दु परिषद द्वारा राम नवमिको सम्पुर्ण देश बाशीमा शुभकामना दिएको छ ।आज चैत्र १९ गते विश्व हिन्द परिषदका केन्द्रीय कार्यलय द्वारा प्रेस बिज्ञप्ति जारी गरिएको छ ।पहिला रामनवमि मा भगवान श्रीरामको मन्दिर मा भक्त जनको घुइँचो लागथ्यो ।तर यश पाली विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस बाट पुरै विश्व आतंककित बन्न पुगेको छ ।हाल नेपालमा पनि कोरोन महामारीको रोकथामको लागि नेपाल पुर्ण रुपमा लकडाउन गरिएको छ ।यसै बिच सम्पूर्ण नेपाली जनता एउटा डर र त्रास बिच घर्मै बसिरहेका छन् ।उक्त लकडाउन लाई मध्यनजर गर्दै विश्व हिन्दु परिषदको केन्द्रिय कार्यलय द्वारा जारी बिज्ञप्तिमा सरकारको आदेश पालना गर्दै घरमै बसि यश पाली झन भब्य रुपमा राम नवमी मनाउन अनुरोध गरिएको छ ।
सम्पुर्ण समस्य माथी जित हासिले गरेका मर्यादा पुर्शोत्तम भगवान श्री रामको आ-अफ्नो घरमा रहेको शालिक या तस्बिर अगाडी पूरा परिवार जम्मा भइ प्रथना गर्न आव्हान गरिएको छ ।चैत्र २० गते दिउसो (१२) बार्हे बजे आ-अफ्नो घरमा सपरिवार भजन किर्तन एव आर्ती गर्न आह्वान गरिएको छ ।उक्त भजन किर्तन पश्चात् १०८ पटक बिजय मन्त्र (श्री राम जय राम जय जय राम ) को जप गरि प्रासद ग्रहण गर्न आह्वान गर्नु भएको छ।साथै सन्ध्यकालमा आअफ्नो घरमाघरमा दियो बालि दिपावली मनाउन अनुरोध गरिएको छ । उक्त प्रेस बिज्ञप्तिमा विश्व हिन्दु परिषद का राष्ट्रिय अध्यक्ष टिका बहादुर पहारी ज्यु एव महासचिव जितेन्द्र सिंहले हस्ताक्षर गर्नु भएको छ ।महासचिव सिंह हामी सग फोनमा कुरा गर्दै यश कोरोना भाइरसको महामारी बाट सबै सुरक्षित रहुन भनी कामना गर्नु भएको छ ।
