वडा अध्यक्ष प्रशाद विष्ट द्वारा १५० घरमा खाद्यन्न वितरण,

0
Quantam abroad studies

उत्तम कुमार थापा / चैत्र २०
बझाङ – वित्थडचिर गाउँपालीका वडा नम्वर ७ का अध्यक्ष विष्टले खाद्यन्न वितरण गरेको छ ।
बझाङ जिल्लाको वित्थडचिर गाउँपालीका वडा नम्वर ७ कार्यालयले १५० कट्टा चामल प्रत्यक घरमा वितरण गरेको हो । विश्वव्यापीरुपमा महामारीको संज्ञ्या दिदै फैलीरहेको, कोभिड् १९ अर्थात कोरना भाईरसले गर्दा,नेपाल पनि लकडाउनको स्थीतीमा रहेको हुदा स्थानीय सरकार वित्थडचिर गाउँपालीका वडा नम्वर ७ का अध्यक्ष प्रशाद बहादुर विष्टको नेतृत्वमा कार्यालयलले गरिव, विपन्न,दिनढ्याडी गरिखाने, विपन्न परिवारलाई विशेष फोकस गरेर १५० कट्टा चामल,नुन,तेल, वितरण गरिएको स्थानीयको भनाई छ ।
अहिले नेपाल सरकारले लकडाउँन लगाई रहेको समयमा,धेरै जस्तो जनसमुदायहरु खानलाई नपाएर भोकभोकै बसेको थाहाँ पाएपछि वडा कार्यालयको अर्थिक सहयोगमा वितरण गरेको अध्यक्ष प्रशाद विष्टको भनाई छ । विष्टले सामाग्र्री वितरण गर्दै,भने तपाईहरु नआत्तीनुहोस, सरकारले लगाएको लकडाउँनको पालना गरिदिनुहोस, स्थानीय सरकार निरन्तर जनताको घरदैलोमा छ भन्दै, कोरना बाट बच्न नियमित सावुन पानीले मिचिमिचि हात धुन आग्रर्ह गदै, सजक्ता अप्नाउँन अनुरोध गरेका छन ।

sahani furniture udyog

वडा नम्वर ७ कार्यालयले खाद्यन्न वितरण गरेपछी, गरिव परिवारका एकजना नवराज नेपालीले रुदै भने, हामी अहिले भोकभोकै बस्न बाध्यभएका थियौँ तपाईले हाम्रो समस्या समाधान गरिदिनु भयो,अहिले स्थानीय सरकारको अनुभुतिभएको भन्दै खुसि व्याक्त गरेका थिए, भने अर्का गगन विकले पनि वडा अध्यक्ष प्रशाद विष्ट लगाएत कार्यालयलाई धन्यवाद दिदै भने अवहामी भोकै बस्न बाट मुक्त भएको अनुभव राख्दै,चाम,तेल नुन लिएर गएको सबै १५० घरपरिवार खुसिमहशुस गरिरहेको स्थानीय गगन विकले बताए ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.