
उर्मिला यादव / चैत्र २२
सुनवल – विश्वव्यापी महामारीको रुपमा फैलिईरहेको कोरोना भाईरस (COVID-19) को सम्भावित संक्रमणको जोखिम रोकथाम एवं नियन्त्रणका लागि सुनवल नगरपालिकाले स्थापना गरेको दैवी प्रकोप उद्दार विशेष कोषमा सहयोग गर्ने दाताहरु बढदै गएका छ्न । नगरपालिकाले स्थापना गरेको राहत कोषमा अहिलेसम्म लगभग २५ लाख भन्दा बढी रकम जम्मा भएको सुनवल नगरपालिकाका प्रमुख प्रशाकिय अधिकृत रामलाल श्रेष्ठले बताउनु भएको छ ।उहाले अहिलेसम्म सबै भन्दा बढी सुनवल नगरपालिकाका नगरप्रमुख भीमबहादुर थापाले ३ लाख ५४ हजार रुपैयाँ दैविक प्रकोप उद्धार विशेष राहत कोषमा जम्मा गरेको बताउनु भएको छ। नगर प्रमुख थापाले ३ महिनाको तलबभत्ता बापतको १ लाख ३ हजार र आफ्नो व्यवसायिक फम तिरुपति निर्माण सेवा तथा सप्लायर्सका अध्यक्षको नाताले रु २ लाख ५१ हजार रुपैया राहत स्वरुप प्रदान गर्नु भएको छ ।
