
उत्तम कुमार थापा / चैत्र २२
बझाङ – जिल्लाको सदरमुकाम चैनपुरमा रहेका बादी समुदाएलाई राहत स्वरुप चामल बितरण गरिएको छ । शनिवार बझाङ उद्योग वाणिज्य संघको पहलमा बादी समुदायलाई राहत वितरण गरेको उद्योग वाणीज्य संघ बझाङ अध्यक्ष दान बहादुर सुर्मेलीले बताए ।
अध्यक्ष सुर्मेलीले सरकारले लकडाउ घोषणा गरेपछी चैनपुरमा रहेका वादी समुदाएलाई खान समस्या भएको खवर सुनेपछि राहत स्वरुप पाँच कट्टा मसिनो चामल र १ पेटी खानेतेल बितरण गरेको बताए ।
राहत पाएपछी खुसी हुदैँ स्थानिय रमेश वादीले दुई तिन हप्ताको लागि भएपनि खाने ब्यावस्था भएकोमा खुसि लागेको बताए । बझाङ उद्योग बाणिज्य संघले यस अघि सदरमुकाम चैनपुरमा ड्युटीमा खटिएका नेपाल प्रहरी र शशस्त्र प्रहरीहरुलाई चाउचाउ पानी र पन्जाहरू वितरण गरिएको थियोे ।
