एन आइसि एसिया बैंक अमारी शाखा द्वारा राहत वितरण

0
Quantam abroad studies

चैत्र २३

sahani furniture udyog

अमरापुरी ,नवलपुर-
बैंक पनि साथी पनि भन्ने संस्थागत नारालाई चरितार्थ गर्दै एन आइ सि एसिया बैंक अमरापुरी शाखाले गैंडाकोट नगरपालिका वडा न १३मा अति विपन्न तथा दैनिक ज्यालादारीमा काम गर्ने वर्गलाई राहत होस भन्ने हेतुले खाद्यान्न हस्तान्तरण गरेको छ।



कोरोना भाइरसको बढ्दो प्रभाव सगै देशभर राहत वितरण गर्ने क्रम बढिरहेको सन्दर्भमा बैकको अमरापुरी शाखाले आफ्नो सामाजिक उत्तरदायित्वलाई मनन गर्दै आफ्नो सेवा क्षेत्रमा रहेका विपन्न परिवारलाई राहत होस भनी सहयोग गरेको अमारापुरी शाखा प्रबन्धक तारा विक्रम पौडेलले बताए।



बैकले पचास हजार बराबरको १० क्विन्टल चामल गैंडाकोट१३ का वडाध्यक्ष पदमलाल पौडेल मार्फत सहयोग गरेको हो।एन आइ सि एसियाले कोरोनाको त्रास बढेर देशमा लकडाउनको अवस्था आएपछी देशैभरी राहत वितरण गरिरहेको छ।



संकटको घडिमा राहत वितरणमा सहयोगीको रुपमा सहभागी भएकोमा वडाध्यक्ष पौडेलले बैंकलाई धन्यवाद ज्ञापन गरेका थिए।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.