तिमी अझै रुनुपर्ने छ सुदुरपश्चिम प्रदेश !

1
Quantam abroad studies

लेखक:लाेकेन्द्र बहादुर सिह(बझाङ )
सुदुरपश्चिम प्रदेश  तिमीले अझै रूनु पर्छ,किनकि तिमी अझै तिम्रो भाईभन्दा २२ बर्ष पछि छौ।
अाधुनिक नेपाल निर्माणमा कर्णालीमा पुल नबन्दा तिमी पछि परेयौ त्यो बेला आए भनौला।गृह युद्धले बढि तिमी लाई नै च्याप्यो,जस्ले उपयोग गर्यो बिकास गरे न्तिम्रो अागनमा मगमग बाँस अाउने फुलका बगैंचा छैनन् ,महिला बिभेदका छाउगोठ हरू छन्।तिम्रो बस्ती बस्ती मा भोकमारी, अभाव पछौटेपन, कुसंस्कार का ठुला ठुला डङगुर छन्।
धर्म को नाममा ,जाति जातिको नाममा विभेद का ठुला ठुला पहाड छन्।तिम्रा नागरिक ले जिविकोपार्जन गर्न भारतका गल्ली गल्ली धाउनु पर्छ।तिमी ले अाफ्नो अभाव मा पनि केन्द्र को गुणगान गाँउन‌ै पर्छ।

सुदुर पश्चिम  प्रदेश तिमीमा ठुलो चुनौतिछ जति ब्यबस्था परिवर्तन भए पनि तिमी मा हेर्न दृष्टिकोण केन्द्र को सौतेनी छ।अाज तिमी संग जन्मेका तिम्रा भाईहरू विकासका हिसावले प्रौढ भईसके तिम्रो अवस्था बामे सराईछ।तिम्रो पञ्चायत कालिन देखि अहिले सम्मको बजेट हेर तिमी कति उपेत्क्षित छौ अाफै बुझ तिम्रो भाई र तिमी मा तिमीले पञ्चाय देखि बहुदल सम्म देशकै अभिभावक बन्ने पात्र पठाए कै हौ तर उनले खासै गर्न सकेन।पञ्चायतकालिन सोच भएकाले  उर्दीजारी गरि ब्यबस्था परिवर्तन मा पनि तिम्रो नाम नामाकरण सुदुर नै राख्न लगाए

तल तिम्रो प्रदेशको नेतृत्व गर्ने बिबेक नभएका खेताला ले माथि को उर्दी मानेर नामाकरण गरे ।तिम्रो नागरिकले ब्यबस्था परिवर्तन ले के पाए? तिमी अाफै हेर कुवा को पानी खान्थे अाज पनि खाँद छन् ।बन पाखा मेलाडाडा उस्तै छन् भारत मा जाने चौकीदारी गर्ने बढेकैछन्।
स्वास्थ्य , शिक्षाको हालत उस्तै छ केही देखिने भनेको उर्वर भुमि चिरेर डोजर ले काटेका बिना मापडण्ड का ज्यानमारा सडक काटिएका छन् बस् त्यही हो बिकास?

तिम्रा नागरिक संग सावुन किन्ने हैसियत कमै छ ,सेनिटाइजर नाम पहिलोपटक सुन्दै छन् ।अस्ति फोहर नगर्नु भन्दा हात राम्रो संग धुने सावुनले भन्दा तिम्रा जनता अागन खनेर कोइला खोजी निधारमा टीका टल्काउन्थे फेरि अाज कोरोना भगाउन शंख घण्ट फुकेर दिप बाल्दैछन।
अनि कसरी उभो लागिन्छ रोक संग लड्न सकिन्छ, क्वारेन्टाइन  नबसि गाउँ गाउँ भाग्दै छन्।लकडाउन शब्द पहिलोपटक सुन्नपाएका तिम्रा नागरिक लाई के थाहा कोरोना बाट बच्ने कुरा।

तिमी ले लड्नु धेरै छ कुसंस्कार , अन्धबिश्वास,पछौटेपन गरिबी अादि अादि संगै कोरोना संग।मुख्य चुनौती तिम्रो राजधानी मा जाँदा सधैं छाउगोठ मा महिला राख्ने प्रदेश भनेर गिज्याई राख्ने को मुखबन्द गर्नेअाँगनका छाउगोठ भत्काई सुन्दर बगैचा बनाउने।

बिश्व को कुरा छोड तिमी तिमै भाई बाग्मती प्रदेश कति अगाडि बढेछ।हुनत सबै ब्यबस्थाको सारा लगानि त्यहाँ छ तिम्रो पनि त्यो राजधानीमा अधिकार उत्तिक‌ै छ।तिम्रो अागन बाट एक पाईला निष्कदा भारत को अागन पुगिन्छ

तिम्रो सिमाना खुलाछ, तिमी ले कडा निगरानी गरेनौं भने कोरोना को ईपिसेन्टर तिमी बन्न सक्छौ।होस गर तिमी तिम्रो नागरिक ले ठुलो मानविय क्षति ब्यहोरनु पर्नेछ।अनि कसरी तिमी सुरक्षित रहन सक्छौ, तिम्रो नागरिक का खसि बोका भारतीय गुण्डा ले लुटेर लिएको समचार पटक पटक अाएकैछन्।

तिमी यो चुनौती का विच अाफुलाई हिरा जस्तै टल्काउतिम्रो पुरानो परिचय बदल,अहिलेको ब्यबस्थाले तिमी लाई  ठुलो परिवर्तन को जिम्मेवार दिएको छ।तिम्रो प्रदेश संचालक वा नेतृत्वकर्ता सहि पठाउ।दिल्ली का मुख्य मन्त्री ले दिल्ली को रूप रंग फेरेकिनकि त्यो प्रदेस ले असल नेतृत्व छानेको थियो।

सुदुर पश्चिम प्रदेश  म बिन्ती गर्छु समय अघि बढिसक्यो उठ जाग यदि उठेनौ भने युग युग तिमी रूने छौ तिम्रो नागरिक सधैंभरि  अपमानित भैरहनेछन्।बिश्व भरि फैलिएको कोरोना महामारिले तिम्रो जनता लाई दुःख दिनेछ ।

किनकि तिम्रो काम गराई को ढंग पुगेन तिम्रो नागरिक कोही
बडरमा छन् कोही  विच बाटो मा अलपत्र छन्।
यो वेला अाक्रात्मक ढंगले अघि बढेनौ भने तिमी र तिम्रो नेतृत्व लाई युगौयुग तिम्रो नागरिक ले सराप्ने पक्काछ।

sahani furniture udyog
  1. Anonymous says

    किनकि तिम्रो काम गराई को ढंग पुगेन तिम्रो नागरिक कोही
    बडरमा छन् कोही विच बाटो मा अलपत्र छन्।

Leave A Reply

Your email address will not be published.