बेलकाले थाल्यो बजार अनुगमन

0
Quantam abroad studies

बैशाख २०
उदयपुर- लकडाउनको कारण उत्पन्न अप्ठ्यारो परिस्थिती को मौक़ा छोपी उपभोक्ताहरुलाई चर्को मुल्यमा दैनिक उपभोग्य सामाग्री स्थानीय व्यापारीले बिक्री वितरण गर्ने गरे को जन गुनासो आउन थाले को भन्दै बेलका नगर पालिकाले स्थानीय किराना पसलहरुमा आज बैशाख २० गतेबाट बजार अनुगमन थालेको छ ।

बैसाख १७ गते नगर पालिका को कार्यलयमा बसेको सर्बदलिय बैठकबाट उपमेयर राजकुमारी चौधरीको संयोजकत्वमा स्थानीय ५ पार्टीका प्रतिनिधी बेलका उधोग वाणिज्य संघका प्रतिनिधी,स्थानीय ईलाका प्रहरी कार्यलय रामपुर र शसस्त्र प्रहरी बल डुडखोलाका कार्यलय प्रमुख सदस्य रहने गरी बजार अनुगमन समिती गठन गरेको ले बैशाख २० गते बाट अनुगमन थाले को बजार अनुगमन समितीको संयोजक तथा नगरपालिकाका उपमेयर राज कुमारी चौधरीले बताउनु भयो ।स्थानिय ब्यापारीहरुबाट उपभोक्तालाई संकटको बेला अझ बढ़ी माया ममता गर्नु पर्ने बेला मा ठगी गरिरहे को जन गुनासो जनस्तर बाट आएको ले सर्बदलिय तथा सरोकार वालाको बैठक को निर्णया नुसार अनुगमन थालिएको संयोजक चौधरी ले बताउनुभयो।

sahani furniture udyog

बेलकाको वडा नं ९ को रामपुर बजार र वडा नं ४ स्थित लालबजारमा टोलीले २८ वटा किराना पसलमा अनुगमन गरी म्याद गुज्रिएका खाद्य पदार्थ चाउचाउ,बिस्कुट,तेल,मसला जन्य सामाग्रीहरु नियन्त्रणमा लिएर सो को विवरण निर्णय पुस्तिकामा लिखत गरि नगरपालिका परिसरमा आजै नस्ट गरेको अनुगमन समितीका सदस्य सचिव तथा प्रशासकिय अधिकृत चेतनाथ गौतमले बताउनु भयो।

अनुगमनका क्रममा़ व्यापारीहरुलाई सामाजिक दुरी कायम गर्न,उद्योग बाणिज्य संघ बेलका शाखाले सार्बजनिक गरेको वस्तु मुल्य सुचि स्पष्ट देखिने गरी राख्न , ग्राहकहरुका लागी हात धुने साबुन पानी र स्यानिटाईजर को व्यवस्था गर्न र उपभोक्ताहरुलाई संकट भरी र पछि पनि मानवियताका साथ साथै पाप / धर्मको ख़्याल राखी व्यवहार गर्न सुझाए को अनुगमन समितीका सदस्य ललित राईले वताउनु भयो।नगरपालिकाले गत १८ गतेदेखि लागुहुने गरी प्रत्येक किराना पसलहरुले स्पष्ट देखिने गरि मुल्यशुचि अनिवार्य राख्न र दैनिक दिउसो ११बजेदेखि २बजेसम्मका लागि सामाजिक दुरी क़ायम राखि पसल खोल्न अर्कों सुचना नभईन्जेल सम्म को लागी सुचना जारी गरेको थियो।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.