२ सन्तान छोडेर श्रीमति लाखाे रकम र गरगहना सहित फरार ,सन्तान र पति बिजोगमा

0
Quantam abroad studies

नवीन यादव / बैशाख २१
सप्तरी – बिदेशमा गएर मेहनतका साथ पेसा कमाए,तर कमाएकाे ससबै पैसा सहित जब श्रीमती पर पुरुषको साथ भागेपछि २ सन्तान सहित पति र घरपरिवार चिन्तित बनेकाे छ ।

याे घटनाकाे सप्तरीको तिरहुत गाउपालिका वडा न. ४ डिमन निवासी चन्देश्वर यादवकी श्रीमती सुनिता यादवले झण्डै १० लाख रकम र गरगहना सहित फरार भएपछि अहिले साे परिवार अहिले चिन्तित बनेका हुन । आफु बिदेशमा हुदा गाउँको भागवत भनिने बेजु कुमार यादवले अाफ्नो श्रीमतीलाई ललाइ फकाइ बिदेशबाट पठाएको रकम सहित घरमा रहेकाे गरगहना समेत लिएर फरार भए को पिडितले अराेप लगाएकाे छ।आफु ३ बर्ष अघि वैदेशिक राेजगारीकाे शिलशिलामा साउदिमा हुदा सबै पैसा श्रीमती को नाममा पठाएको तथा म बिदेश बाट फकेर आउदा साे सबै रकम श्रीमतीलाई ललाइ फकाइ साे सबै रकम लिएर श्रीमती पर पुरुषसँग भागेपछि अहिले १ छाेरा र १ छाेरि सहित चन्देश्वर परिवार पिडित बनेका छन ।

sahani furniture udyog

अाफु बिदेशमा हुदा मेराे श्रीमती र बेजुबीच अनैतिक सम्बन्ध रहेकाे तथा पटक पटक भन्दा पनि ती दुबै बीचकाे सम्बन्ध कायमै रहेकाे बिषयमा विवाद हुदा अाफनाे श्रीमती छाेरा छाेरि समेत छाेडेर घरमा रहेकाे नगद सहित गरगहना लिएर विगत १० दिनदेखि फरार भएको पिडितले अाराेप लगाएकाे छ । यसैबीच पिडितले अाफनाे श्रीमती र पैसा फिर्ता दिलाइदिनुहुन इलाका प्रहरी कार्यालय कन्चनपुर र प्रहरी चौकि डिमनमा समेत उजुरि दिएकाे छ । यसअघि उनकि श्रीमतीले आफुलाइ आफ्नो पति , देवर र सासू मिलेर कुटपिट गरि घरबाट निकाला गरेकाे भनी सन्चारकर्मीहरु समक्ष गुनासाे गरेकि थिइन ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.