मोहमद साबिर मन्सुर ,बैशाख २१ जनकपुर – नेपाल सरकारद्धारा लकडाउनको अवस्थामा विपन्न,गरिब र मजदुर परिवारहरुलाई जीवन निर्वाह गर्न अप्ठ्यारो परेका छन्।त्यसमा पनि मुस्लिम समुदायको महान पर्व रमजान शरिफमा गरिब , विपन्न ,मजदुर ,रिक्सा चालक जस्ता मुस्लिम परिवारहरुलाई खाने कुराहरू समेत बाधा आएका छन्। फलस्वरूप लकडाउनको अवस्थामा हाम्रा छरछिमेकमा रहेका गरिब , विपन्न र मजदुर परिवार कोही पनि भोकै नबोस् भन्ने जनकपुरधाम नजिक महदैया निवासी मो.रहमान नदाफले कन्फिडेन्स नेपालका सचिव मो.आशिक अल्ली अध्यक्षतामा महदैया निवासी मो.रहमान नदाफले ३५किलो चामल ,५किलो आलु,५किलो प्याज,५किलो मुरहि,५किलो चना,५किलो सुवाविन ,५लिटर तेल आफ्नो खेतबारीमा भएका तरकारी लौका,टमाटर ,साग र भिन्डी समेत रहमान नदाफले कन्फिडेन्स नेपालका सचिव मो. आशिक अल्लि को अध्यक्षमामा गरिब , विपन्न र मजदुर मुस्लिम परिवारलाई समेत वितरण गरे ।
मो.रहमान नदाफले राहत वितरण गर्ने क्रममा भने कि आफ्नो छरछिमेकमा कोहि पनि गरिब , विपन्न र मजदुर परिवारहरु भोको नबोस् भन्ने हाम्रा समाजमा भएका सम्पन्न वर्गले टोल , छिमेकी मा भएका गरिब ,मजदुर र विपन्न परिवारलाई सक्दो सहयोग सहभागीता जनाउनु पर्दछ lजनकपुर_२३बिन्धीको बेलामा थानटोलाका गरिब , विपन्न र मजदुर मुस्लिम परिवार हरु लाई मो.अन्सारुल हक र मो.सेराजुल हकको उपस्थितमा राहत सामग्री वितरण गरेका छन्।