नेपाल छिर्न लागेका १५५ जना प्रहरी नियन्त्रणमा

0
Quantam abroad studies

बैशाख २३
कपिलवस्तु – कोरोना भाईरसका कारण सिमा नाका बन्द गरिएको बेला कपिलवस्तु जिल्ला का बिभिन्न नाका बाट नेपाल प्रबेश गर्न खोज्ने १ सय ५५ जनालाई सशष्त्र प्रहरले नियन्त्रणमा लिईएको छ । सोमवार राति देखि मंगलवार साझ सम्म चोर नाका हुदै नेपाल आएकालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो । अहिले उनीहरुलाई दशगजा क्षेत्रमा राखिएको छ । भारतले सामेवार देखि लकडाउनको स्वरुप परिवर्तन गरेपछि नेपाल प्रबेश गर्नेको संख्यामा वृद्धि भएको छ । नियन्त्रणमा लिएका कपिलवस्तु र छिमेकी जिल्लाका रहेको सशस्त्र प्रहरी उपरिक्षक जनक पुरीले वताउनु भयो ।

अबैध तरिकाले नेपाल छिर्न खोज्नेहरुलाई जिल्लाको पाच स्थानमा रहेको दशगजामा राखिएको उहाँले वताउनु भयो । नाकाबाट अबैध प्रबेश रोक्न सिमामा १ हजार ४ सय सशस्त्र प्रहरी परिचालन गरिएको छ । मंगलवार साझ ४ बजे सम्म जिल्लाको मर्यादपुरवाट ५६, चाकरचौडावाट ४७, हदौनावाट १२, भिल्मीवाट १४, र कृष्णनगर नाकावाट २६ जनालाई नियन्त्रणमा लिईएको पुरीले वताउनु भयो । भारतरमा गाडी हरु चल्न दिइएपछि रोजागरीका लागि बिभिन्न स्थानमा गएका नेपालीहरु आउने क्रम वढेको छ ।

कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेल ले नियन्त्रणमा लिईएकाहरुलाई भारततर्फ नै निर्माण गरिएका क्वारेन्टाईनमा राख्नेगरी पहल भईरहेको वताउनु भयो । भारतको सिद्धार्थनगरका डिएम र एसएसबिसंग क्वारेन्टाईन मा राख्ने विषयमा समन्वय भईरहेको वताउनु भयो । सशस्त्र प्रहरीले नाकामा निग्रानी बढाए पनि भारतबाट चोर नाका हुदै नेपाल भित्रने क्रम रोकिएको छैन । यसले गर्दा सिमावर्ती क्षेत्रमा कोरोनाको जोखिम वढेको छ । भारतको उत्तर प्रदेश लगायत बिभिन्न शहरहरुमा अहिले कोरानाको संक्रमतिको संख्या दिन प्रतिदिन वढिरहेको हुदा कपिलवस्तुमा पनि त्रास वढिरहेको छ ।

शुद्दोधन गाउपालिका
कपिलवस्तु साझेदारि बन ब्यवस्थापन समिती
शुद्दोधन गाउपालिका २
Leave A Reply

Your email address will not be published.