पिपरा मठको २०० बिघा जग्गा खोइ?? राष्ट्रिय सचिव तिवारी

0
Quantam abroad studies

आज भगवान नरसिंह जयन्ती हो ।आखिर को हुन भगवान नरसिंह ?पुराण अनुसार आधा शरीर मानव र आधा शरीर सिंह को रुपमा नास्तिक हिरणयकश्यप को बध गर्न अवतार लिनु भएको थियो ।भगवान् नरसिंह भगवान बिस्णुको १४ औ अवतार मानिन्छ।यस्तै प्रदेश नम्बर दुई को पर्सा जिल्लामा रहेको एक नरसिंह मन्दिर को बारेमा जानकारी गराउन चाहन्छु ।यश मन्दिरको विषयमा नेपाल विश्व हिन्दु महासंघका राष्ट्रिय सचीव अभिषेक तिवारी जि संग कुरा गर्दा करिब १३२ वर्षको लामो इतिहास बोकेको बिरगंज स्थित पिपरा मठ, भगवान नरसिंह को एतिहासिक मन्दिर हो भनी बताउनु भयो । नेपालमा यो मठ सनातन सभ्यताको एउटा ठूलो धरोहर को रूपमा स्थापित रहेको छ। बि. सं. २०३७ सालमा नेपालमा विश्व हिन्दु महासंघको प्रथम एतिहासिक स्थापना पनि यस पिपरा मठमा नै भएको थियो । भनिन्छ बिगतमा यस मठको साख (रुत्वा) नेपालमा मात्रै नभई भारतमा समेतमा थियो।

बिगतमा यस मठमा २१४ बिगहा १२ कठ्ठा ६ धुर जग्गा रहेको थियो र यहाँ २ वटा हात्ती, २ वटा घोडा तथा एउटा गैशाला हुने गर्थ्यो। दैनिक रूपमा भजन, किर्तन गर्न विभिन्न अन्य मठ एवम् मन्दिरहरु बाट   साधु, महात्मा र सन्तहरु निरन्तर यस मठमा आउने र बस्ने गर्दथे। तर आज यो एतिहासिक मठ जिर्ण परिस्थितिमा पुगेको हेर्दा सार्है चित्त दुखेको तिवारीले बताउनु भयो। नेपाल हिन्दु राष्ट्र बाट धर्म निरपेक्ष राष्ट्र भए पश्चात् देखि नै यो एतिहासिक मठको स्तर दिनानुदिन क्रमशः घट्दै गएको छ। बिगतमा २१४ बिगहा १२ कठ्ठा ६ धुर जग्गा भएको यो मठमा आजको दिनमा भने ५ बिगहा १० कठ्ठा मात्रै बाकी रहेको छ।

sahani furniture udyog

सबै सरोकारवाला संग मन्दिरको दुई सय बिघा जग्गा कहाँ छ? भनी तिवारीले यश अनलाइन मार्फत प्रश्न गर्नु भयो ।
अहिले यस मठको परिदृश्यले धेरै प्रश्नहरु खडा गरि रहेको छ। आखिर यो कमि कमजोरी कसको हो त ? सरोकारवाला पक्षहरुले गम्भीरतापूर्वक यसबारे छलफल गर्न आवश्यक देखिन्छ भन्ने लगायतका कुरा तिवारीले गर्नु भयो ।अन्त्यमा सचीव तिवारीले नेपाल विश्व हिन्दु महासंघ र आफ्नो तर्फ बाट सम्पुर्ण देशबसी लाई नरसिंह जयन्तीको शुभकामना दिदै भगवान नरसिंहले कोरोना संकट अन्तय गर्ने बिश्वास ब्यक्त गर्नु भयो ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.